टुट्यो साजिद–वाजिदको जोडी, चर्चित संगीतकार वाजिदको कोरोनाका कारण ४२ वर्षमा निधन

डिसी नेपाल
१९ जेठ २०७७ ७:३७

मुम्बइ। बलिउडका प्रख्यात संगीतकार वाजिद खानको आइतबार अबेर राती निधन भएको छ । उनी ४२ वर्षका थिए । साजिद–वाजिदको जोडीबाट चर्चित भएका वाजिद लामो समयदेखि मृगौलाको समस्यासँग जुधिरहेका थिए । उनको मुम्बइको एक अस्पतालमा उपचार भइरहेको थियो । अवस्था बिग्रिएपछि उनलाई भेन्टिलेटर सपोर्टमा राखिएको थियो । निधनपपछि बलिउडका कैयौं हस्तीहरुले उनलाई श्रद्धाञ्जली दिएका छन् ।

सामाजिक संजालमा वाजिदको मृत्युको कारण कोरोना संक्रमण बताइएको छ । यो खबरको पुष्टि गर्दै डाक्टर तथा वाजिदका बाल्यकालका साथी रणवीर सूरीले लेखेका छन् ‘म आफ्नो बाल्यकालको साथीको खबर सुनेर दुखी छु । वाजिदले कोभिड १९ को अगाडि घुँडा टेके । म शोकमा छु ।’ गायक सोनु निगमले पनि वाजिदप्रति श्रद्धाञ्जली दिएका छन् । संगीतकार सलिम मर्चेन्टले पनि वाजिदका लागि श्रद्धाञ्जली पोस्ट गरेका छन् ।

View this post on Instagram

My Brother Wajid left us.

A post shared by Sonu Nigam (@sonunigamofficial) on




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *