५ दिन क्वारेन्टिनमा बसेर घर फर्किँदै गरेका एकजनाको मृत्यु – Dcnepal

५ दिन क्वारेन्टिनमा बसेर घर फर्किँदै गरेका एकजनाको मृत्यु

सांकेतिक तस्बिर


स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका स्थित सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टिनबाट घर जाँदै गरेका एक व्यक्तिको बाटोमै मृत्यु भएको छ।

यही जेठ १३ गते भारतबाट सुनौली नाका हुँदै स्याङ्जा आएका फेदीखोला गाउँपालिका–२ का ५० वर्षीय खड्कबहादुर कार्की १४ गतेदेखि गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आएका थिए ।

गत शुक्रबार लिइएको स्वाब परीक्षणमा रिपोट नेगेटिभ आएपछि अन्य दुई जनासँगै आइतबार घर जाँदै गरेका कार्की अचानक बाटोमै बेहोस भएको र रातिनै गाउँपालिकाको सवारी साधनमा गण्डकी प्रदेश अस्पताल पोखरा पुर्याइएकामा उपचारका क्रममा राति मृत्यु भएको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताए ।

मृत्युपश्चात सोमबार पुनः स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाले जनाएको छ।

पारिवारिक स्रोतका अनुसार कार्की उच्च रक्तचाप र मुटुको बिरामी भएको बुझिएको छ। रासस

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो