महिला पत्रकारलाई स्वास्थ सामाग्री बितरण

डिसी नेपाल
२० जेठ २०७७ ८:०६

काठमाडौ। नेपाल पत्रकार मञ्चले महिला पत्रकारहरुका लागी स्वास्थ सामाग्री बितरण गरेको छ।

मन्चको कार्यलयमा महिनावारी स्वच्छता बुझाइ बिषयक छलफलको क्रममा सो सामाग्री बितरण गरिएको हो। गैरसरकारी संघ सस्थाका प्रतिनिधिहरुले सो अबसरमा महिनावारी र सरसफाइको बिषयमा आ-आफ्नो धारणा राखेका थिए।

एरोसानका नेपाल प्रतिनिधि प्रकाश अमात्यले भने -गएको बर्ष सरकारले बार्षिक नीति तथा कार्यक्रममा स्मार्ट शौचालय बनाउने कार्यक्रम ल्याएको थियो । आगामी आर्थिक बर्षका लागि पनि यो कार्यक्रमले निरन्तरता पाएको छ । यो खुशीको कुरा हो तर, यस अवधिमा गएको बर्ष कति काम भयो भन्न सक्ने अबस्था छैन । उनले गैरसरकारी संस्थाको क्षमतालाई बिश्वाश नगरेको, त्यहाँ भएको श्रोत, सीप र प्रबिधिलाई उपयोग नगरेका कारण सरकारलाई सघाउन पनि सजिलो छैन । सरकारले सरसफाइका क्षेत्रमा काम गर्नेका लागि घोषणा गरेका कार्यक्रममा अनौपचारिक क्षेत्र समेटिन नसकिनु अर्को आश्चर्यजनक कुरा हो, अमात्यको भनाइ छ ।

महामारीका समयमा महिलाहरुको महिनावारी रोकिँदैन । प्रतिकुल परिस्थितिमा महिनावारीसँग सम्बन्धित जटिलता कम गर्न पुरुष, परिवार र सरकारको दायित्व, स्वच्छतासँग खानेपानी सम्बन्धित पूर्वाधारको पर्याप्तता, दिगो बिकासका लागि स्वच्छता सम्बन्धि सूचक पूरा गर्न निर्वाह गर्नुपर्ने क्षेत्रगत भूमिकामा आमसञ्चारको भूमिका छलफलमा उठाइएका थिए ।

जनचासोका बिषयलाई बिधागत पत्रकारितामार्फत उठान गरिरहेको बताउँदै छलफलमा मञ्चका अध्यक्ष युवराज बिद्रोहीले खानेपानी र सरसफाइका बिषयलाई मुख्य मुद्दाका रुपमा उठाउन सहकर्मीहरुलाई आग्रह गर्नुभयो । पत्रकारहरु पेशामा रहँदा पत्रकार हुन्छन् । बाँकी समय सामाजिक हुन्छन् । यस समयलाई महसुस गरेर सामाजिक बिषयलाई उठाउनु पत्रकारको दायित्व हो, मञ्चका महासचिव बिमलकुमार थापाको भनाइ थियो । खानेपानी, सरसफाइ र स्वच्छताले व्यक्तिको व्यक्तित्वसँगै राष्ट्रिय अन्तरराष्ट्रिय बिकाससँग सम्बन्धित मुद्दा हो । छलफलमा मञ्चका अन्तरराष्ट्रिय बिभागका प्रमुख चन्द्रमणि भट्टराईले — दिगो बिकास लक्ष्यलाई सूचक मानेर स्वच्छतासँग सम्बन्धित सामाजिक, आर्थिक, सांस्कृतिक बिषयमाथि नियमित निगरानी गर्नुपर्ने धारणा राख्नुभयो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *