‘प्लाण्ट्स एण्ड पिपुल’ विषयक दुईदिने ई-कार्यशाला सम्पन्न

डिसी नेपाल
२० जेठ २०७७ १०:०४

काठमाडौं । नेपालका प्रथम वनस्पतिविद् स्वः प्रयागराज पाण्डेको शतवार्षिकी कार्यक्रमको अवसरमा नेपालका प्रथम बोटनिष्ट प्रयाग राज पाण्डे फाउण्डेशनद्वारा पूर्व निर्धारित “प्लाण्ट्स एण्ड पिपुल” विषयक दुईदिने ई-कार्यशालाका सम्पन्न भएको छ।

फाउण्डेशनका संस्थापक अध्यक्ष मधुसुदन बिष्टले सहजकर्ताको रुपमा सञ्चालन गरेको सो कार्यशाला फाउण्डेशनका अध्यक्ष बिमलराज पाण्डेले स्वागत मन्तव्य राखेपछि कृषि वैज्ञानिक भोलामान सिंह बस्नेतले इडिवल प्लान्टस र प्रा. डा. मोहन प्रसाद लोहनीले प्लाण्टस एण्ड पिपुल ह्यापिनेश विषयक कार्यपत्र प्रस्तुत गर्नुभएपछि दुईदिनसम्म सञ्चालन थियो।

कार्यशालामा स्वदेश एवं विदेशका गरी झण्डै ९० जना भन्दा बढीको सहभागिता थियो। दुवैदिनको सत्रको अध्यक्षता गर्दै फाउण्डेशनका अध्यक्ष तथा अर्थविद् बिमल राज पाण्डेले वनस्पति र मानव एक अर्काप्रति अन्योन्याश्रित सम्बन्धका कारण नङ र मासुको जस्तै सम्बन्ध रहेकोले यसको विकासबाट देशका दुर्गम एवं शहरी क्षेत्रको गरिबी न्यूनीकरणका दिशामा प्रयोग गर्न देशले नीति निर्माण गरी कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिए ।

साथै राम्रो जीबनयापन गर्न र सुनौलो भबिस्य बनाउनको लागि बोटबिरुवाको रेखदेख र संरक्षण गर्न सबैलाई प्रेरित गर्नु पर्ने उनको भनाइ थियो । कार्यपत्र प्रस्तोता प्रा. डा. मोहन प्रसाद लोहनीले वानस्पतिक क्षेत्रबाट मानवले सुखी, शान्त तथा आनन्ददायी जीवन व्यतित गर्नसक्ने अवस्था रहेको बताए ।

यसले प्रकृति र मानव वीचको प्रगाढ सम्बन्ध मुखरित गर्न सघाउ पुगिरहेको स्पष्ट गरे । अर्का कार्यपत्र प्रस्तोता भोलामान सिंह वस्नेतले खानहुने वनस्पतिहरुको फेहरिस्त प्रस्तुत गर्दै नेपालमा पाइने वनस्पतिहरुको वृहत अनुसन्धान गरी यसको व्यापक मात्रामा प्रचार प्रसार गर्न सके देशको अर्थतन्त्रमा ठूलो राहत पुग्ने बताए ।

विशेषगरी कार्यशालामा सहभागिहरुले नेपाल जडिवुटीहरुको संगमस्थल भएकोले जडिवुटी उत्पादन तथा प्रशोधन कार्यमा सरकारी नीति बाधक भएकोले नियम कानून संशोधन गरी देशका सातवटै प्रदेशमा यसको खेती प्रणाली विस्तार गर्न प्रदेश सरकारको ध्यानाकर्षण समेत गराएका थिए।

कार्यशालाका सहजकर्ता वनस्पति विभागका पूर्व महानिर्देशक तथा फाउण्डेशनका संस्थापक अध्यक्ष मधुसुदन बिष्टले कार्यशालाबाट निस्केका निष्कर्शहरु कार्यान्वयन गरिने उल्लेख गरे ।

कार्यपत्रमाथि टिप्पणी गर्ने सहभागिहरुले स्वदेशमा उपलव्ध वनस्पतिहरुका अलावा वनस्पतिविद्हरुले आविष्कार गरेका नयां जातका वनस्पतिहरु नेपालको हावापानी अनुसार विस्तार तथा प्रवद्र्धन गर्न देशका निजी क्षेत्रका वानस्पतिक उद्यमीहरुको हातेमालो आवश्यक रहेको औल्याएका थिए।

कार्यशालामा अमेरिकामा वनस्पति क्षेत्रमा कार्यरत तथा त्रिवि जीवविज्ञानशास्त्र विभागका पूर्व प्रा. डा. अच्यूत शर्माले नेपालमा वायोटेक भिलेज स्थापना गर्न सकिने संभावना औल्याउनु हुँदै हरेक वनस्पतिहरु प्रयोगशालाबाट अनुसन्धान भई त्यसपछि मात्र जमिनमा विस्तार गर्न सकिए त्यसबाट उन्नत प्रतिफल प्राप्त गर्न सकिने संभावना औंल्याए ।

गोष्ठीमा नाष्टका सदस्य सचिव डा. महेश कुमार अधिकारी, वनस्पतिविद्हरु पुष्पमान अमात्य, डा. महेन्द्र सुवेदी, लोकेन्द्रराज शर्मा, प्रदिप महर्जन, लक्ष्मी पराजुली, कुमार केसी,स्वयंभुरत्न तुलाधार, हरिशंकर सैंजू, डा. दिनेश राजशर्मा काफ्ले, कञ्चनध्वज बिष्ट सहभागी थिए।

कार्यशालाले निकालेका निष्कर्षहरुलाई फाउण्डेशनले कार्यान्वयनमा ल्याउन डा. चिरञ्जिवी रेग्मीको अध्यक्षतामा भोलामान सिंह वस्नेत र हरिशंकर सैंजू रहेको एक समिति समेत सर्वसम्मतबाट गठ्न गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *