रुकुमका दुई दाजु-भाई १९ दिनदेखि बेपत्ता

डिसी नेपाल
२० जेठ २०७७ १०:२२

रुकुमपूर्व । भूमे गाउँपालिका –२ काँक्रीका सहोदर दुई दाजुभाइ दुई सातादेखि बेपत्ता छन्।

पलबहादुर नेपालीका छोरा १७ वर्षीय फर्कमान र १३ वर्षीय मस्त नेपाली हराएका हुन्।

पारिवारिक स्रोतका अनुसार यही जेठ ४ गते दाजुभाइ दिदीको घर रोल्पा थबाङ गएका थिए।

दिदीकहाँ बसेर जेठ ६ गते घर आउन भनी थबाङबाट हिँडे पनि अहिलेसम्म उनीहरु सम्पर्कमा आएका छैनन्।

थबाङबाट बाटो लाग्दासम्म सम्पर्कमा रहेका उनीहरु साँझसम्म पनि घर नफर्केको बुवा पलबहादुरले जानकारी दिए ।

हराएको १९ दिनसम्म पनि दुई छोरा सम्पर्कमा नआएपछि खोजिदिन परिवारले सबैमा आग्रह गरेको छ ।

परिवारले उनीहरुको खोजी गरिदिनका लागि प्रहरीमा सोमबार निवेदन पनि दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *