चट्याङ लागेर ५ जनाको मृत्यु

डिसी नेपाल
२० जेठ २०७७ १०:५७

काठमाडौं । देशका विभिन्न जिल्लामा चट्याङ्ग लागेर ५ जनाको ज्यान गएको छ।

मोरङ, महोत्तरी, धनुषामा एक एक र रुपन्देहीमा २ जनाको ज्यान गएको हो ।

मोरङ को सुनवर्सी नगरपालिका–६ तालगाछी बस्ने ३० वर्षीया निरुतु कुमारी दासको चट्याङ लागेर सोमबार बिहान मृत्यु भएको छ ।

आफ्नै बारीबाट मकै लिई घर आउने क्रममा चट्याङ पर्दा गम्भीर घाइते भई उपचारको लागि रंगेली टाइम्स अस्पतालतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो।

महोत्तरी, महोत्तरी गाउँपालिका(१ बस्ने ५५ वर्षीय ईन्दल यादवको चट्याङ लागेर सोमबार बिहान मृत्यु भएको छ।

घर नजिकै रहेको चौरमा भैँसी चराउन गएको अवस्था चट्याङ लागेर उनको मृत्यु भएको हो।

रुपन्देही, मायादेवी गाउँपालिका–५ बस्ने ५५ वर्षीया कमलावती यादव आफ्नै खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर सोमबार बिहान घटनास्थलमै मृत्यु भएको छ।

यसैगरी रुपन्देही, लुम्बिनी साँस्कृतिक नगरपालिका–२ केवटलिया बस्ने ५५ वर्षीया चयनमती यादवको चट्याङ लागेर सोमबार बिहान मृत्यु भएको छ।

आफ्नै घरदेखी अन्दाजी ५ सय मिटर टाढा तरकारी बारीमा गएको अवस्थामा चट्याङ लागेर उनको मृत्यु भएको हो।

धनुषा, मिथिला नगरपालिका–७ बथानगौरी जंगलमा घाँस काटेर घर फर्किने क्रममा पानी सहित परेको चट्याङ लागेर सोही नगरपालिका केम्लिपुर बस्ने ५० वर्षीया खिनमाया काफ्लेको सोमबार बिहान मृत्यु भएको छ।

चट्याङ लागेर गम्भीर घाइते भएकी उनलाई उपचारको लागि ढल्केबरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *