प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

डिसी नेपाल
२० जेठ २०७७ १९:४४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा संविधानसभा सदस्य टुकराज सिग्देलकी आमा हुमाकुमारी सिग्देलको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

उनले यस दुःखद घडीमा सिग्देलकी दिवङ्गत आमाप्रति भावपूर्ण श्रद्धासुमन व्यक्त गर्दै मातृशोकमा परेका टुकराज सिग्देल, उनको शोकाकूल परिवार र आफन्तजनमा गहिरो समवेदनासमेत व्यक्त गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *