१२ वर्षकी बालिकालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा किशोर पक्राउ

डिसी नेपाल
२१ जेठ २०७७ ८:२६

उदयपुर। उदयपुरमा १७ वर्षका एक किहोर पक्राउ परेका छन् । उनीमाथि १२ वर्षकी एक बालिकालाई बलात्कार गरी गर्भवती बनाएको आरोप छ । कटारी नगरपालिका क्षेत्रका एक १७ वर्षीय किशोर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उनी नाबालिग भएकोले उनको पहिचान खुलाइएको छैन ।

गत आइतबार कटारी अस्पतालमा उपचारको लागि आएकी बालिका गर्भवती रहेको पाइएपछि यबारे थप खोजी भएको थियो । बालिकाको उमेर १२ वर्ष मात्रै भएकोले सुरुमा रिपोर्ट नै गलत आएको आशंका गरिएको थियो । तर, लगातार ५ पटकसम्म परीक्षण गर्दा पनि बालिका ८ महिनाकी गर्भवती भएको देखिएपछि यसबारे थप अनुसन्धान सुरु गरिएको थियो ।

बालिकाको ४ पटक पिसाबबाट परीक्षण गर्दा गर्ववती नै देखिएपछि पाँचौं पटक अल्टसाउण्ड नै गरेर हेरिएको थियो । गर्भवती भएको पुष्टि भएपछि बालिकासँगै यसबारे सोध्दा उनले बलात्कारबारे बताएकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *