लकडाउनमा बाइक चोरेर परिवारलाई घर पुर्याए, कुरियरबाट बाइक मालिकलाई फिर्ता पठाइदिए

डिसी नेपाल
२१ जेठ २०७७ ९:१०

काठमाडौं। कोरोनाभाइरसका कारण अढाइ महिनादेखि लकडाउन जारी छ । नेपाल सरकारले यो महिनाको अन्त्यसम्मको लागि लकडाउन थप गरेको छ । छिमेकी देश भारतमा भने लकडाउन केही खुकुलो बनाइएको छ । कडा लकडाउनका क्रममा जहाँ थिए त्यहीँ फसेका व्यक्तिहरु अब विस्तारै आफ्नो घर जान थालेका छन् । यही बीचमा तमिलनाडुमा एउटा निकै रोचक घटना भएको छ ।

यहाँ एक युवकले परिवारलाई घर पुर्याउनको लागि अर्कैको मोटरसाइकल चोरे । सपरिवार घर पुगेपछि उनले मोटरसाइकल मासलकलाई कुरियरमार्फत फिर्ता पठाइदिए । द हिन्दूका अनुसार घटना तमिलनाडुको कोयम्बटुरको हो । यहाँ एक बेकरीमा काम गर्ने युवकले मोटरसाइकल चोरी गरे । त्यही मोटरसाइकलमा उनी पत्नी र छोराछोरी लिएर २ सय किलोमिटर टाढा रहेको घर पुगे । त्यसपछि उनले मालिकलाई मोटरसाइकल कुरियरमार्फत फिर्ता पठाए ।

मोटरसाइकल हराएपछि मोटरसाइकल मालिक सुरेश कुमारले मोटरसाइकल हराएको रिपोर्ट दर्ता गराएका थिए । उनको मोटरसाइकल पार्किङबाट हराएको थियो । पुलिसमा रिपोर्ट गरेपछि सुरेशले आफैं पनि बाइकको खोजी सुरु गरे । सुरेशले बाइक पार्किङ गरेको ठाउँको सिसिटिभी फुटेज हेरेर चोरी गर्ने व्यक्तिबारे पत्ता लगाए । ती युवक स्थानीय बेकरीमा काम गर्ने प्रशान्त थिए ।

यही बीचमा शनिबार सुरेशलाई कुरियर कम्पनबिाट फोन आयो । कम्पनीले उनको मोटरसाइकल कसैले पठाएको जानकारी दियो । सुरेशले कुरियर कम्पनीलाई ढुवानी शुल्क १४०० रुपैयाँ दिएर बाइक फिर्ता लिए । सुरेशले बाइक फिर्ता पाएपछि चोरी गर्ने युवकविरुद्ध कुनै किसिमको कानुनी कारवाही नगर्ने भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *