अंग्रेजीमात्रै बोल्ने यी खेडाली कोमाबाट उठेपछि फ्रेन्च बोल्न थाले

डिसी नेपाल
२१ जेठ २०७७ १२:३६

काठमाडौं। कहिलेकाँही कुनै चोट लाग्दा वा दुर्घटनामा पर्दा मानिस कोमामा जान्छन्। त्यसक्रममा मानिसको सोच्ने, सुन्ने, बोल्ने वा अनुभव गर्ने शक्ति ह्रास हुन्छ। उनीहरु सास फेर्छन र शरीरले काम गरिरहेको हुँदैन।

कतिपय त कोमाबाट ठिक भएर होशमा आउँदा त्यसअघिको सम्पूर्ण होस गुमाउन गुमाउन पुग्छन्।  तर बेलायतमा एउटा सबैलाई चकित पार्ने घटना भएको छ। बेयालतका एक जना ररी कर्टिस नाम गरेका एक फुटबलर २०१४ मा एक भयानक दुर्घटनामा परे।

त्यसको ६ दिनपछि उनी कोमामा गए। कोमाबाट होसमा आएपछि उनले विगत १२ वर्षसम्मको आफ्नो सबै सम्झना बिर्सिए। तर चकित पार्ने कुरा के थियो भने उनी होशमा आएपछि उनले निकै राम्रोसँग फ्रेन्च भाषामा बोल्न सुरु गरे। जबकि उनलाई अंग्रेजी भन्दा अरु भाषा बोल्न आउँदैन थियो।

जब सामाजिक संजालमा यो खबर सार्वजनिक भयो, तब धेरै मानिसले यो घटनालाई चमत्कार भन्न थाले। ररीको वास्तविकता थाहा पाएपछि कतिपयले उनको पुर्नजन्म भएकोसमेत उल्लेख गरे।

बीबीसीको एउटा रिपोर्टका अनुसार कर्टिस बेलायतमा बस्छन्। र, १८ औं शताब्दीमा उनका पूर्वज फ्रान्सको नरम्याडी इलाकामा बस्थे। यद्यपि उनको परिवार सकैलाई पनि फ्रेन्च भाषा आउँदैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *