लकडाउनका कारण गाेदावरीमा फर्किएनन् पर्यटक, फक्रियाे प्रकृति

तर्कबहादुर थापा
२१ जेठ २०७७ १७:०२

काठमाडाैं ।  ‘तिमी छैनौं भएर यो जवानी के गर्नु’ सुमन स्मारिकाद्वारा लिखित गजलको यो वाक्याङ्सले गोदावारीलाई गिज्याइ रहेको छ।

मानवले नै उजाड बनाउने प्रकृति मानव बिना उजाड देखिएको छ। हामी रिपोर्टीङको लागि काठमाडौं उपत्यकाको दक्षिणी जिल्ला ललितपुरको गोदावरी क्षेत्र पुगेका थियौं। लामो समयको लकडाउनका कारण देशका अरु क्षेत्रमा जस्तै ठुलो नोक्सानी व्यहोर्नु परेको छ, गोदावरीले पनि।

दैनिक हजारौं मान्छेको भिँड हुने गोदावरी सुनसान देख्दा ताजुव लाग्छ। प्रवेशद्वारमा रहेका सुमन तामाङले गेट खोले। अच्चमम मान्दै थिए उनी। झण्डै ७२ दिनपछि कसैले गोदावरीमा पाइलो टेके। राष्ट्रिय वनस्पति उद्यान भित्र काम गर्ने कर्मचारी बाहेक पहिलो पटक कोही बाहिरबाट जाँदै थिए। हातमा क्यामेरा बोकेका दुई जना देख्दा सुमनले प्रश्नै नगरी ढोका खोले र हाकीमसाब तर्फ जाने बाटो बताए। हामी बाटो लाग्यौं।

कोइलीले कुहु–कुहुको मिठो स्वरमा स्वागत ग-यो। छङ्छङ् खोलाको पानीले संगीत भ-यो। कालो पत्र गरेको सडक छ। तर, कार्पेट झै लाग्छ। सकड छोडेर चौर तिर टेक्दा हरियो कार्पेटमाथि टेकेर हिडिरहेको झैं लाग्थ्यो। दाँया–वाँयाको चिरविर–चिरविर आवाजले थपडि बजाए झै भान हुन्थ्यो। हुन त प्रकृतिको कार्पेट माथि नै थियौं हामी। मानव निर्मीत कृतिम कार्पेटमा आफूलाई सानदार भएको अनुभव गर्ने बानी भएछ।

नेताहरुले पिर्कामाथि रातो कार्पेट, हिलोमा रातो कार्पेट लगायत जतातेतै उस्तै–उस्तै देख्दा–देख्दै प्रकृतिले ओछ्याउने कार्पेट बिर्सिएको रहेछ। वरिष्ठ उद्यान अधिकृत दिपक लामिछानेको अनुमति पाएसँगै हामीले विशेष उद्यानको गेट प्रवेस ग-यौं। मिजासिला स्वभावका हाकिम भेटिए।सरकारी अफिसका हाकिमहरु अलि ठाडो स्वावका मात्र भेटेको थिएँ। प्रकृतिले उनलाई सायद त्यो अवसर नै दिएन झै लाग्छ। तर, सानैदेखिको बानीले पनि जीवनका धेरै ठाउँमा अर्थ राख्छ।

‘राष्ट्रिय वनस्पति उद्यान स्थापना भएको झण्डै आधा शताब्दी भयो। यो इतिहासमा पहिलो पटक ठप्प छ। त्यो पनि लामो समय।’ लामिछानेले सुनाउँदै थिए। ‘आर्थिक हिसाव गर्ने हो भने त गत वर्षको तुलनामा यो वर्ष झण्डै १ करोड बढीको नोक्सानी व्यहोरी सकेका छौं।’ ‘अन्य आम्दानीका स्रोहरु नभए पनि अध्यायन अनुसन्धान तथा घुमफिरका लागि आउनेबाट लिइने प्रवेश शुल्क, विद्युतीय सवारी साधनबाट उद्यान अवलोकन गर्दा लाग्ने शुल्क, क्यामरा चार्ज, सुटिङ चार्ज सबै विगत ३ महिनादेखि ठप्प छन्।’

दिपकले हामीलाई सुनाउँदै गए, ‘चैतमा स्कुलहरु छुटि भएपछि, वैशाखको १ गते नयाँवर्षको दिन, यहाँ समालि नसक्नु भिँड हुन्छ।, नयाँ वर्षको दिन त झन २० हजार बढीको प्रवेश हुन्थ्यो यहाँ। लकडाउनले गर्दा कोही पनि आएनन्।’ पर्यटक फर्किएनन्, प्रकृति फक्रियो मानव पैतलाले कहिल्यै उठ्न नसक्ने गरी कुल्चीएका वुट्यानहरु पुनः जुरमुराउन थालेका छन्। ‘सरकारलाई राजस्व उठेन भन्ने कुरा भएपनि सर प्रकृति भने खुसीले गद्गद छ।’

वरिष्ठ उद्यान अधिकृत लामिछानेले भने, ‘२०१९ सालमा राजा महेन्द्रले बनाएको यो उद्यान ८२ हेक्टरमा फैलिएको छ। पर्यटक आउँदा नचाहेर पनि कति कोपिला टिपिन्थे। कति संरचना नै भत्तकिन्थे। तर, लकडाउनका कारण पर्यटक त फर्किएनन्, प्रकृति भने फक्रिएको छ।’ ‘हामीले १ हजार प्रजातिका दुर्लभ तथा लोपन्मुख वनस्पति संरक्षण गरेका छौं।’

गरा–गरामा रहेका हरेक वनस्पतिलाई देखाउँदै उनले भने, ‘हामीसँग सुनाखरी मात्र ६८ प्रजाति रहेका छन्।’ ‘यो सुनाखरी हो, यो चाँदीखरी हो।’ सुनगाभाको प्रजातिमा फुलेको फुल देखाउँदै उनले भने, ‘यो पहेँलो फुल्छ त्यसैले सुनाखरी भनिन्छ। यो सेतो चाँदीजस्तै फुल्ने भएकाले चाँदीखरी भनिन्छ।’ यो सानो भएर भ्यागुत्ते फुल भनिएको हो ? मेरो प्रश्नमा उनले भने, ‘हैन सर, हेर्नुस यो फूलको दुइपत्र मात्र हुन्छ। खोल्यो भने भ्यागुत्तोको मुख जस्तै हुन्छ नी त्यसैले भ्यागुत्ते फुल भनिएको हो।’

फूलको २ पत्र खोल्दै उनले देखाए। ‘मैले खालाको आवज केहिल्यै सुनेन्।’ उनले भने, ‘मान्छेको कोलाहल मात्र हुन्थ्यो। अहिले हेर्नुस् यी पुतलीहरु, गाइने किरा, साँझ पर्दा झ्याउँकीरी अहो कस्तो आनन्द हुन्छ यहाँ।’ ‘यो कोरोनाले मानवलाई दुख दिएको त छदै छ तर, प्रकृति भने खुसी भएको छ जस्तो लाग्छ सर।’ उनी कहानी सुनाउँदै थिए, ‘मानव जातिले नै प्रकृति दोहोन गर्ने त हो नी। काठमाडौं उपत्यकाको वरी परी भएको जंगलले मानवलाई सजिलो गरेको छ। हैन भने कसरी वस्तु यस्तो ठाँउमा।’ ‘नेपालको तराई, पहाड र हिमालम पाइने धेरै वनस्पति हामीले संरक्षण गरेका छौं।’

तरकारीलाई बनाएको जस्तै टर्नेललाई देखाउँदै उनले भने, ‘यो सबै टर्नेलमा वनस्पति नै पाउनु हुन्छ। हावापानीलाई मिलाएर तराईदेखि हिमालसम्म पाइने वनस्पतिलाई हामीले संरक्षण गरेका छौं। यो त हाम्रो कर्तव्य हो सर। लकडाउन भए पनि हामी सबै काममै छौं।’ ‘मैले पनि वनस्पतिलाई धेरै दिन पानी दिएको छु। लकडाउन भयो धेरै मान्छे आएनन् अब यिनीहरुलाई मर्न दिन त भएन नी हैनर ?’ उनले भने, ‘अहिले दैनिक ज्यालादारी र करार गरी झण्डै ३० जनालाई रोजगार दिएका छौं। सामाजिक दुरी कायम छ। मास्क पनि लगाउनु हुन्छ।’ सबै प्राय उद्यान भित्र नै हुने हुँदा डर नभएको उनले बताए। ‘सबै कर्मचारी वरपरकै हुनुहुन्छ। दिनभरी काम गर्न यतै व्यस्त हुनुहुन्छ। साँझ घर जाने हो । तर, पनि सुरक्षाका उपाएहरुमा लापरवाही त गर्न भएन नि।’

१५ वर्षदेखि निरन्तर फुल हुर्काउँदै

विष्णुमाया सिलवाल उमेरले ६० वर्ष पुगिन्। विगत १५ वर्षदेखि राष्ट्रिय वनस्पति उद्यानमा फूलहरुलाई पानी दिएर हुर्काइरहेकी छन्। ‘रेखदेख गर्नु पर्छ सर, घुम्न आउनेले फुलका विरुवा मार्ने काम गर्छन्।’ उनी सुनाउँदै थिइन्, ‘माया लाग्छ नि सर, १ दुई दिन भए पो १५ वर्षदेखि दैनिक यही काम गरिरहेकी छु।’

गोदावरी नगरपालिका भित्रै घर बताउने उनी घरका बालवच्चा र उद्यान भित्रका विरुवाहरु उस्तै लाग्ने गरेको बताउँछिन्। विष्णुमाया मात्र हैन, ६५ वर्षीय बहादुर तामाङ पनि विगत १७ वर्षदेखि उद्यान भित्रका फुल र वनस्पतिका विरुवालाई पानी चुसाउँदै हुर्काउदै आएका छन्।

‘धार्मिक यात्रामा पनि हिडीरहन्छु म त’ तामाङले खुसी हुँदै भने, ‘बोट विरुवासँग रमाउन पाउँदा आनन्दै आउछ। बौद्धको आरधाना गर्छु म। कहिले स्वम्बु, कहिले बौद्ध त कहिले लुम्बिनी पनि पुग्ने गरेको छु।’

बिष्णुमाया र बहादुर जस्तै अरुपनि ३० जनाको रोजीरोटी चलाएको छ गोदावरी उद्यानले। लकडाउनको बेला धेरैको रोजगारी गुमेको छ। तर, गोदावरीमा ३० जनाले रोजगारी गरी परिवार पाल्दै आइरकेको वरिष्ठ उद्यान अधिकृत लामिछाने बताउँछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *