लकडाउनको मौका छोपी भारत लैजान लुकाइ राखेको करीब २ क्विन्टल गाँजा बरामद
जलेश्वर । जारी लकडाउनको मौका छोपी नेपालबाट भारततर्फ तस्करी गर्ने उद्देश्यले लुकाइछिपाई राखिएको करीब दुई क्विन्टल लागुऔषध गाँजा महोत्तरी प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार एकडारा गाउँपालिका –५ स्थित एक कुखुरा फार्ममा राखिएको भन्ने सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिगएको सुरक्षा टोलीले आज बिहान एक क्वीन्टल ८० किलोग्राम गाँजा बरामद गरेको हो।
बरामद गरिएको गाँजा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ। कुखुरा सञ्चालक स्थानीयवासी लक्ष्मी चौधरीको पनि खोजतलास गरिएको जनाइएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment