दैलेखमा एकैपटक १ सय ५ जना संक्रमित भेटिए

डिसी नेपाल
२२ जेठ २०७७ १५:१४

दैलेख । दैलेखमा एकै पटक एकसय ५ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा बिहीबार दिउँसोसम्म गरिएको पीसीआर परीक्षणमा दैलेखका एक सय ५ र मुगुका एकसहित एक सय ६ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

दैलेखको नारायण नगरपालिकामा ६९, देवलकाँडामा १२, सोतमा ९, मानटाकुरामा ७, साडुमा २, भवानीमा ५ र बासकोटमा १ जना गरी एक सय ५ जनामा संक्रमण देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । दैलेखमा यो सहित संक्रमितको संख्या २ सय १० पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *