गायक तथा संगीतकारको सन्देश श्रेष्ठको नयाँ म्युजिक भिडियो बजारमा
काठमाडौं। गायक तथा संगीतकार सन्देश श्रेष्ठले नयाँ गीत ‘हामी भुल्दैनौं’ नाम गरेको म्यूजिक भिडियो बजारमा ल्याएका छन्। यसअघि उनले ‘मेरो सलाम’, गीतबाट डक्टर, नर्स, प्रहरी र पत्रकारलगायत राहत बाँढनेहरुलाई धन्यवादी दिँदै ल्याएको गीत धन्यवाद सबैले रुचाएका थिए।
श्रेष्ठले झण्डै तीन सय गीतमा संगीत भरेका छन्। उनको नयाँ म्युजिक भिडियो पनि यूट्यूवमा सार्वजनिक भइसकेको छ। यसअघि उनले तीन वटा एल्बम बजारमा ल्याइसकेका छन्। उनी वरिष्ठ संगीतकार गणेशप्रसाद श्रेष्ठका छोरा हुन्।
उनले लकडाउनकै समयमा लकडाउनको सदुपयोग गर्दै म्यूजिकमा सक्रिय भएर दर्शकमाझ तीन वटा म्यूजिक भिडियो ल्याएका छन्।
भिडियाे
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment