समाजसेवी विष्ट ‘कोभिड–१९, हिरो अवार्ड’बाट सम्मानित

डिसी नेपाल
२३ जेठ २०७७ २३:३९
744
Shares

काठमाडौं । सुर्खेतका हरि विष्ट ‘कोभिड–१९, हिरो अवार्ड’बाट सम्मानित भएका छन् । अमेरिकास्थित ‘हामी नेपाली ग्लोबल’द्वारा विश्व कोरोनाको महामारीका बेला समाजिक कार्यमा उल्लेख्य भूमिका निर्वाह गर्नेलाई प्रदान गर्ने अवार्ड विष्टले पाएका हुन्।

अवार्ड प्राप्त गरेपछि डिसी नेपालसँग संक्षिप्त कुरा गर्दै विष्टले खुसी भएको बताएका छन्। उनले भने, ‘मैले कोरोनाको महामारीका कारण नेपालमा लकडाउन कायम रहेसम्म सहयोग गर्न छोड्ने छैन। म साह्रै खुसी छु। यो अवार्डले मलाई अझै जिम्मेवारी थपेको छ। अझै समाजप्रति उत्तरदायी हुनुपर्ने अनुभव गरेको छु।’

सुर्खेत जिल्लामा महामारीका कारण सबैभन्दा बढी संकटमा परकाहरुलाई विष्ट आफैले सहयोग गर्दै आएका छन्। विपन्न वर्ग, अपाङ्ग भएका व्यक्ति, विद्यार्थी तथा सुर्खेतमा रहेर समस्यामा परेका सबैलाई विष्टले सहयोग गरिरहेका छन्।

सामाजिक सञ्जालमार्फत समस्यामा परेकालाई फोन गर्न आग्रह गर्दै विष्टले २ महिनाको अवधिमा करिब २ सय घरपरिवारलाई सहयोग गरिसकेका छन्। खाद्यान्न लगाएत ग्यास सिलिण्डर र पैसा समेत सहयोग गरेको उनी बताउछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *