अमेरिकी डिभी चिठ्ठाको नतिजा आज सार्बजनिक हुँदै (नतिजा हेर्ने विधिसहित)
काठमाडौँ । आज ‘अमेरिकी डिभी चिठ्ठा’को नतिजा सार्वजनिक हुँदै छ। गत वर्ष (२०१९) मा भरेको डिभीको नतिजा आज शनिबार १२ बजेपछि सार्बजनिक हुने डिभीप्रोग्राम डट स्टेट डट गोभले जनाएको छ। गत वर्ष अक्टोबर २ देखि नोभेम्बर ५ सम्म खुलेको ‘अमेरिकी डिभी चिठ्ठा’को नतिजा आज आउन लागेको हो।
‘अमेरिकी डिभी चिठ्ठा’ परे नपरेको हेर्न ‘डिभी’ फारम भर्दाको ‘कन्फर्मेसन’ पेजमा भएको नम्बर, आफ्नो थर र जन्म मिति आवश्यक पर्छ।ब्युरो अफ काउन्सुलर अफेयर्सको वेब साइटमा गई आफ्नो नाम र कन्फरमेसन नम्बर राखेर नतिजा हेर्न सकिन्छ। नतिजा चेक गरेको पैसा लाग्दैन। डिभीको नतिजा कम्प्युटर प्रणालीबाट छानिन्छ ।
इडिभी पर्यो कि परेन भनेर travel.state.gov र dvprogram.state.gov/ESC/ लिंकमा गएर डिभी चिठ्ठाको नतिजा हेर्न सकिन्छ।
हरेक वर्ष विभिन्न मुलुकबाट लाखौं मानिसहरू यही चिठ्ठा कार्यक्रम मार्फत अमेरिका जाने गरेका छन्। डाइभर्सिटी भिसा लटरी प्रोग्रामलाई ग्रिन कार्ड लोटरी कार्यक्रमको नामबाट चिनिन्छ। यस कार्यक्रमअन्तर्गत अमेरिकाले हरेक वर्ष ५० हजार आप्रवासी जनसंख्यालाई स्थायी नागरिकता प्रदान गर्दै आएको छ।
विगत वर्षहरुमा मे ५ मा नतिजा घोषणा गर्दै आएको अमेरिकी विदेश मन्त्रालयले कोरोनाको महामारीका कारण यस वर्ष भने जुन ६ पछि मात्र नतिजा सार्वजनिक गर्ने जनाएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment