थप ३२ ले जिते कोरोना, निको हुनेको संख्या ३ सय ६५ पुग्याे

डिसी नेपाल
२४ जेठ २०७७ १८:३९

काठमाडौं । थप ३२ जनाले कोरोना संक्रमण जितेका छन्। संक्रमित बढेसँगै दैनिक कोरोनाबाट निको भएर घर जानको संख्या पनि बढ्दो छ । यो सँगै कोरोनाबाट निको हुनेको सँख्या ३ सय ६५जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म नेपालका ७० जिल्लामा २ सय ३५ जना कोरोनाको संक्रमण पुष्टि भएको छ । विभिन्न जिल्लामा गरी शनिबार मात्र ३२ जनाले कोरोना जितेर घर गएक छन्। यसअघि शुक्रबार ४३ जनाले कोरोना जितेका थिए ।

शुक्रबार कोरोना जितेर डिस्चार्जमध्ये २७ पुरुष र ५ महिला रहेका छन् । सबै गरेर २ सय ९९ पुरुष र ६६ महिलाले कोरोना जितेर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

डा. देवकोटाले दिएको जानकारी अनुसार जनकपुर प्रादेशिक अस्पतालमा रहेका धनुषा, महोत्तरी, सर्लाही, झापाका १५ जना डिस्चार्ज भएका छन् । तीमध्ये एक महिला र १४ पुरुष रहेका छन् । १८ वर्षदेखि ४५ वर्षका उनीहरु १२औँ दिनदेखि १७औँ दिनसम्म अस्पतालमा रहेर डिस्चार्ज भएका हुन् । यस्तै बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका २ महिला र २ पुरुष डिस्चार्ज भएका छन् । उनीहरु बाँके र गुल्मीका हुन् । २३ देखि ३५ वर्ष उमेर समूहका उनीहरु १५औँ दिनदेखि १७औँंदिनमा डिस्चार्ज भएका हुन् ।

सेती प्रादेशिक अस्पतालबाट बैतडी र अछामका ५ जना डिस्चार्ज भएको डा. देवकोटाले जानकारी दिए । तीमध्ये १ महिला छन् । ११ वर्षदेखि ३८ वर्ष उमेर समूहका उनीहरु ११ देखि १४औँ दिनमा डिस्चार्ज भएका हुन् । यसैगरी सुर्खेत अस्पतालमा रहेका ७ जना पनि आजै डिस्चार्ज भएका छन् । सुर्खेतका ६ जना १६ देखि ३६ वर्ष उमेर समूहका पुरुष र एक मुगुकी ३५ वर्षीया महिला छन् । पिसिआर विधिबाट ९२ हजार ४ सय ७७ र आरडिटीबाट १ लाख ३७ हजार ४ सय ३५ व्यक्तिको परीक्षण गरिएको डा. देवकोटाले जानकारी दिएका छन् ।
हालसम्म १३ जनाले कोरोनाका कारण ज्यान गुमाउनु परेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *