आफूखुसी चार्टर उडान नगर्न विदेशी विमान कम्पनीहरुलाई सरकारको निर्देशन
काठमाडौं । आफूखुसी चार्टर उडान नगर्न विदेशी विमान कम्पनीहरुलाई सरकारले निर्देशन दिएको छ। नागरिक उड्डयन प्राधिकरणले शनिबार ‘अजेन्ट नोटिस’ जारी गर्दै कुटनीतिक माध्यमबाट हुने चार्टर उडानबाहेक अन्य सबै उडानमाथि रोक लगाएको हो।
विपतका बेला अन्तर्राष्ट्रिय चार्टर उडानका नाममा एयरलायन्स र ट्राभल एजेन्सीले मनपरी भाडा असुल्न थालेपछि नागरिक उड्डयन प्राधिकरणले यस्तो कदम उठाएको एयर ट्रान्सपोट्रेसन डिभिजन प्रमुख सचितभक्त पोखरेलले जनाएका छन् ।
सरकारले कोरोना रोकथाम तथा नियन्त्रण गर्न भनि चैत ९ गतेदेखि अन्तर्राष्ट्रिय र ११ देखि आन्तरिक व्यवसायिक उडानमा रोक लगाएको थियो । तर, सरकारसँग अनुमति नलिइ टिकट बिक्री गर्दै यात्रु चार्टर हुन थालेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रायलले शनिबार प्राधिकरणलाई चार्टर उडानमा कडाई गर्न निर्देशन दिएको थियो ।

No ads found for this position


डिसी नेपाल
Facebook Comment