२८ स्वास्थ्य सामग्रीको गुणस्तर र मापदण्ड तोकियो

डिसी नेपाल
२५ जेठ २०७७ २१:५७

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले स्वास्थ्यकर्मीले सुरक्षाका लागि लगाउने व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) सहित २८ सामग्रीको गुणस्तर र मापदण्ड तोकेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको अध्यक्षतामा आज बसेको नेपाल गुणस्तर परिषद्को १०४औँ बैठकले २८ वटा सामग्रीको गुणस्तर र मापदण्ड तोकेको हो ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले स्वास्थ्य सामग्रीसहित विभिन्न २८ वस्तुमा गुणस्तर र मापदण्ड तोकिएको जानकारी दिए । विभागले स्वास्थ्यकर्मीले लगाउने गाउन, कभर, अल ट्राउजर, कोट, सर्जिकल माक्स, ग्लोब्सलगायतका सामग्री रहेका छन् । स्वास्थ्य सामग्रीको गुणस्तर र मापदण्ड तोकिएसँगै अब गुणस्तर परीक्षण गरेर स्वास्थ्य सामग्रीको उपयोग गर्नुपर्नेछ ।

टोखामा कोरोना सङ्क्रमण भेटिएको घर सिल

टोखा नगरपालिकाले कोरोना सङ्क्रमित देखिएको घर सिल गरेको छ । टोखाले वडा नं ९ बुद्धमार्गमा शनिबार ३१ वर्षीय महिलामा कोभिड–१९ सङ्क्रमण देखिएसँगै उक्त महिला बस्ने घरलाई सिल गरेको हो ।

टोखा–९ का वडाध्यक्ष जोगप्रसाद नेपालले कोरोना सङ्क्रमित देखिएको घरलाई सिल गरेर कन्ट्र्याक ट्रेसिङको कामलाई अगाडि बढाइएको बताए । “उक्त घरलाई प्रहरीले निगरानी बढाएको छ, नगरपालिकाको स्वास्थ्य शाखाको टोलीले स्वास्थ्य जाँच र कन्ट्र्याक टे«सिङको काम गरिरहेको छ”, वडाअध्यक्ष नेपालले भने ।

काठमाडौँ उपत्यकामा शनिबार भेटिएका पाँच कोरोना सङ्क्रमितमध्ये एक महिला टोखाको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी एक सुत्केरी महिला पनि उक्त क्षेत्रमा बस्दै आएकी थिइन् । उनको जेठ १ गते सिन्धुपाल्चोकबाट धुलिखेल अस्पतालमा ल्याउने क्रममा मृत्यु भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *