महामारीका बेला अस्पतालले जागिरबाट निकाल्यो, दुखी कर्मचारीले आफैलाई आगो लगाए
काठमाडौं। अछामको बयालपाटा अस्पतालका एक कर्मचारीले आफैंमाथि पेट्रोल छर्केर आगो लगाएका छन् । अस्पतालले महामारीका कारण आर्थिक संकट भएको भन्दै उनीसहितका केही कर्मचारीलाई जागिरबाट निकालेको थियो । जागिरबाट निकालिएपछि साफेबगर नगरपालिका–६ का सिद्धार्थ आउजीले आफ्नै शरिरमा पेट्रोल छर्केर आगो लगाएका हुन्।
बयलपाटा अस्पतालले आर्थिक संकट परेको भन्दै उनी लगायत ३२ जना कर्मचारीलाई हटाएको थियो। अस्पतालले हटाएपछि केहि दिनदेखि तनावमा रहेका उनले परिवारको रोजीरोटी खोसिएको भन्दै आगो लगाएको बताइएको छ।
बयालपाटा अस्पतालले भने अस्पतालमा आर्थिक अभाव भएको भन्दै कार्यसम्पादन, अनुशासन सबै हेरेर कर्मचारी हटाएको जनाएको छ। अस्पतालको गेट अगाडि आज बिहान आफ्नै शरीरमा आगो लगाएका आउजीलाई हेलिकप्टरमार्फत थप उपचारको लागि नेपालगन्ज लैजाने तयारी भैरहेको बताइएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment