नगर प्रमुख भन्छन्–केही समस्या परे मलाइ भन्नु, नागरिक भिक्षा मागेर खान बाध्य

डिसी नेपाल
२६ जेठ २०७७ १३:१२

नुवाकोट। नुवाकोट विदुर नगरपालिकाका प्रमुख सन्जु पण्डितले नगरपालिका भित्रका नागरिकलाई ठूलै समस्या परेको अवस्थामा सिधै नगरपालिका(आफूलाई) सम्पर्क गर्न अनुरोध गरेका छन्।

नगरपालिका भित्रका नागरिकप्रति सकारात्मक सोच देखाएका प्रमुख पण्डितले डिसी नेपालसँग कुरा गर्दै आफ्नो तर्फबाट नगरपालिकाले पूर्णरुपमा काम गरेपनि कहिँकतै कमिकमजोरी हुने भन्दै समस्या परेमा आफूलाई सम्पर्क गर्न आग्रह गरेका हुन्।

‘नगरपालिकाबाट सवै वडाबाट प्राप्त भएका समस्याको समाधानको खोजी गरिएको छ। अझ पनि कहिँकतै कमिकमजोरी भएर कसैलाई ठूलै समस्या झेल्नु परेको छ भने मलाइ अथवा सिधै नगरपालिकामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछु,’ उनले भने।

यता विदुर तीनमा बसोबास गर्ने बाबाजी भने खाने कुराको अभाव भएको भन्दै नुवाकोटको तार्केश्वर गाउँपालिकामा माग्दै हिडेका छन्। उनले नगरपालिकाले पहिला सहयोग गरेको भएपनि त्यो सकिएपछि आफू मागेर खान बाध्य भएको बताए।

अन्य सर्वसाधारणले पनि राहत लिन जाँदा वडाले फर्काएको गुनासो गरेका छन्। यस विषयमा नगर प्रमुख पण्डित भन्छन्, ‘राहतको बिषयमा चाहिँ केन्द्रले श्रम दिएर खर्छ दिने भन्ने कुरा उठाएकोले रोक लगाइएको हो। पहिलो राहत वितरण हामीले जनप्रतिनिधि, वडाका तथ्यांक अनुसार नै गरेका हौं। त्यसमा पनि वृद्ध, एकल महिला, कमजोर नागरिक भए दिनुपर्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *