मृत्यु भएका युवकको सम्पर्कमा आएका अन्य ३० जना संक्रमित रहेको पुष्टि

डिसी नेपाल
२६ जेठ २०७७ १४:१७

काठमाडौं। भारतमा मजदूरी गर्ने अर्घाखाँचीका एक युवकको भारतबाट फर्कने क्रममा बाटोमै मृत्यु भयो । उनको शव नेपाल ल्याइ स्वाब परीक्षण गर्दा उनीमा सकोरोनाभाइरस संक्रमण भएको पुष्टि भयो । अहिले ती युवकको सम्पर्कमा आएका अन्य ३० जना पनि संक्रमित रहेको पुष्टि भएको छ ।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर–९ चरेपानीका युवकको भारतबाट फर्कने क्रममा मृत्यु भएपछि उनको शव कपिलवस्तु ल्याएर पोष्टमार्टम गरिएको थियो । उनको सम्पर्कमा आएकाहरुको परीक्षण गर्दा ३० जना संक्रमित रहेको पाइएको हो । उनको सम्पर्कमा आएका ५० जनाको नमूना संकलन गरी परीक्षण गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *