रुकुम घटनाको अनुसन्धान गर्न संसदीय समिति गठन
काठमाडौं । रुकुम पश्चिमको चौरजहारमिा ६ जनाको ज्यान जाने गरी भएको घटनाको अनुसन्धान गर्न संसदीय विशेष छानबिन समिति गठन भएको । नेकपाका सांसद देवेन्द्र पौडेललेको नेतृत्वमा ९ सदसीय समिति गठन भएको हो।
समितिको सदस्यमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका मिनबहादुर विश्वकर्मा र प्रकाश रसाइली, सत्तारुढ दल नेकपाबाट पार्वती कुमारी विशुन्के, विमला बि.क. र महेश्वरजंग गहतराज, राष्ट्रिय जनमोचबाट दुर्गा पौडेल सदस्य रहेका छन् । यस्तै, तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालबाट एकवाल मिया, तत्कालिन संघीय समाजवादी फोरमबाट रामसहाय प्रसाद यादव सदस्यमा रहेका छन्।
समितिले ३० दिनभित्र काम सम्पन्न गरिसक्नु पर्ने कार्यविधि रहेको समिति सदस्य पार्वती बिशुन्केले जानकारी दिइन् । उनले भनिन्, ‘पहिला काम गरौं, काम अनुसारको रिजल्ट त आइहाल्छ नी।
जाजरकोटबाट साथीसहित प्रेमिका लिन भनि रुकुम गएका नवराज विकसहित ६ जनाको हत्या भएको थियो । पिडित पक्षले उनीहरुलाई केटीपक्षको गाउँलेले मारेर नदीमा फालेको दाबी गरेको छ।
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसलगाएतका सांसदहरुले जातीयताको कारण हत्या भएको भन्दै संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको थियो।
जनार्दन शर्मा जस्ता कु-नेताहरुले खाओबादी जनयुध्दमा सबभन्दा बढी दलितहरुलाई जातिय समानताको सपना देखाई परिचालन गरेर संबिधान सभामा सांसद अनि अहिलेको नयाँ संबिधान अनुरुपको प्रतिनिधि सभाको सांसद बन्न पायकोमा कृतज्ञ नबनी कृतघ्न बनी तिनै दलितहरुलाई कुठाराघात गर्दै रुकुम घटनामा कथित उच्च जातिका आदिम सोचका मान्छेहरुलाई आम नरसंहार गर्न उक्साउने, अनि नरसंहार गरिसकेपछि उनै हत्याराहरुको पक्ष्यमा संसदमा सभामुखको अनुमतिबिना पागल जस्तै भै बोलेर संबिधान, नियमको उल्लङ्घन गरेर आगोमा घ्यु थप्ने कार्य गरेकोमा उसलाई कारबाही हुनै पर्छ!- देशभक्त नेपाली मोर्चा देनेमो