‘बहिरा महिलाका सिर्जनशील हातहरु’लाई सहयोग हस्तान्तरण

डिसी नेपाल
२६ जेठ २०७७ २०:५२

काठमाडौँ । अशिक्षित बहिरा महिलालाई साङ्केतिक भाषाका साथै विभिन्न व्यावसायिक तालीम उपलब्ध गराउँदै आएको ‘बहिरा महिलाका सिर्जनशील हातहरु’ नामक सामाजिक संस्थालाई सहयोग गरिएको छ ।

साउण्ड अफ हिमालय नामक संस्थाका प्रतिनिधिबाट राहतस्वरुप चामल, दाल, आटा, चना, नून, तेल, ग्यासलगायत खाद्य सामग्री उक्त संस्थालाई उपलब्ध गराइएको छ । कोभिड–१९ का कारण अप्ठेरामा परेका विभिन्न सङ्घसंस्थालाई सहयोग गर्ने उद्देश्यले खाद्य सामग्री सहयोग गरिएको कार्यक्रमका संयोजक सुवोधप्रसाद प्रधानले जानकारी दिए । बहिरा महिलालाई आत्मनिर्भर गराई रोजगारी उपलब्ध गराउन भूमिका निर्वाह गरेको उक्त संस्थाका अध्यक्ष कल्पना बज्राचार्यले बताए ।

विसं २०६७ चैत १७ गते स्थापना भएको बहिरा महिलाका सिर्जनशील हातहरु नामक संस्थाका प्रतिनिधि सन् २०१७ मा फ्रान्समा भएको मिस एण्ड मिस्टर सौन्दर्य प्रतियोगितामा सहभागी भई मिस एशिया र मिस्टर उत्कृष्ट पाँचौँ स्थानमा छनौट भएको थियो । सो संस्थाद्वारा प्रत्येक वर्ष बहिरा समुदायका मानिसलाई साङ्केतिक भाषा तथा विभिन्न जनचेतनामूलक, स्वास्थ्यलगायत तालीम प्रदान गरिएको जनाइएको छ ।

बौद्ध गुरु कर्मा धिनबपले व्यक्तिगत खर्च गरी काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका दुःखी तथा असहाय नागरिकलाई राहत सामग्री उपलब्ध गराइएको जनाइएको छ । आर्थिक अवस्था कमजोर भएका त्यस क्षेत्रका मानिसको सहजताका लागि सार्वजनिक स्थानमा निःशुल्क भोजनसमेत उपलब्ध गराएको साउण्ड अफ हिमालयका प्रतिनिधि केदारमान सिंहले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *