तीन खर्ब बराबरको राहत प्याकेज ल्याएको अर्थमन्त्रीको दावी

डिसी नेपाल
२७ जेठ २०७७ १४:३७

काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनाबाट प्रभावित उद्योग व्यवसायलाई राहतका लागि ३ खर्ब रुपैयाँ बराबरको राहत प्याकेज बताएका छन्।

संघीय संसदको प्रतिनिधिसभामा मंगलबार विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै उनले सहुलियत ऋण, व्याज अनुदान, कर छुट, सहूलियतलगायतका योजनामार्फत राहत प्रदान गरिने जानकारी दिए।

फागुनसम्म सरकारी खर्च राम्रो भएको त्यसबेलासम्मको जिम्मेवारी अर्थमन्त्रीले लिने र त्यसपछिको सबैले लिनुपर्ने बताए। कोरोना संक्रमण नियन्त्रण तथा रोकथाममा भएको १० अर्ब रुपैयाँको खर्चको विवरण सबैले थाहा पाउने गरी सार्वजनिक गर्ने समेत प्रतिवद्धता जनाए।

सार्वजनिक गाडीको हकमा एक प्रतिशत नै कायम रहेको बताए। महंगा विद्युतिय गाडीलाई छुट दिँदैमा विद्युत खपत नबढ्ने पनि उनले दावी गरे। भौतिक लगायतका केही मन्त्रालयको बजेट कटौती गरेको र आगामी आवमा सक्ने र अधुरा आयोजना सक्नका लागि बजेट विनियोजन गरेको तर्क गरे।

यसैगरी एक व्यापारीको मुख हेरेर चकलेट आयातमा भन्सारदर घटाइएको भन्ने आरोपको पनि अर्थमन्त्रीले खण्डन गरे। आर्थिक बर्ष २०७१/०७२ देखि नै चकलेटको भन्सारदर ३० प्रतिशत रहेको र गत वर्ष केही वस्तुको कर बढाउने क्रममा चकलेटको भन्सारदर ४० प्रतिशत पुर्याउँदा व्यापारीहरु मर्कामा परेकोले फेरी यो वर्ष समायोजन गरेर ३० प्रतिशतमा झारेको स्पष्ट पारे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *