थप ३ सय २३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ हजार नाघ्यो
काठमाडौं । मंगलबार थप ३ सय २३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार कोरोनाबाट संक्रमित हुनेको संख्या ४ हजार ८५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २ सय ९२ पुरुष र ३१ जना महिलामा मंगलबार मात्र कोरोना पुष्टि भएको हो ।
मंगलबार कोरोना पुष्टि हुनेमा विराटनगरमा ३ जना, झापामा १ जना, सुनसरीमा १ जना, सप्तरीमा ६ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, चतिवनमा २४ जना, नवलपुरमा ३ जना, धादिङमा १५ जना, कपिलवस्तुमा १०, महोत्तरीमा ५० जना, सर्लाहीमा १७ जना, धनुषामा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, सप्तरीमा १, म्याग्दीमा १, बाग्लुङमा ११, दाङमा ६, बाँकेमा ९, जुम्लामा २, सल्यानमा १२, सुर्खेतमा ४, दार्चुला १०, कञ्चनपुर १९, डढेलधुरामा ७, कैलालीमा १, रुपन्देहीमा २०, नवलपरासीमा १२, नुवाकोटमा २, रौतहटमा २१, सिराहामा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार हालसम्म ५ सय ८४ जनाले कोरोना जितेर घर फर्किएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment