जिल्लामै पिसिआर मेसिन जोड्न नागरिक दवाव

डिसी नेपाल
२८ जेठ २०७७ १४:१९

नुवाकोट। जिल्लामा क्रियाशिल नागरिक समाज, पत्रकार र बुद्धिजिवीहरुले जिल्लामै पिसिआर मेसिन जोड्न सामाजिक सञ्जालमार्फत दबाव दिएका छन्। कोरोनाको महामारी नेपालभरी फैलिइरहेका बेला नुवाकोटका जिम्मेवार नागरिकहरुले यस्तो दबाव दिएका हुन्।

नुवाकोटबाट संकलन भएको स्वाब हालसम्म टेकुस्थित केन्द्रीय प्रयोगशालामा परीक्षण हुँदै आएको छ। जिल्लाबाट काठमाडौं स्वाब पठाउँदा परीक्षणको नतिजा आउन ढिला हुने र नतिजा कुर्दै त्रासमा बस्नु पर्ने जिल्लाबासीको बाध्यतालाई अन्त्य गर्न सरोकारवाला निकायलाई यस्तो दवाब दिइएको हो ।

जिल्ला स्थित स्थानीय तहले पहल गरे जिल्लामै पिसिआर मेसिन जोड्न सकिने पत्रकार रामहरि न्यौपानेको भनाइ छ। उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘नुवाकोटको जिल्ला अस्पतालमा कोरोना परीक्षण गर्ने पिसिआर मेसिन जडान गर्न जिल्ला स्थित प्रतिनिधिसभाका सदस्य तथा स्थानीय निकायका जनप्रतिनिधिलाई दबाव दिनु पर्छ। सानै आकारको भएपनि जिल्लामा पिसिआर परीक्षण मेसिन जडान हुनुपर्छ।’

स्थानीय सरकाले जिल्ला अस्पताललाई रकम दिन सके पिसिआर मेसिनको लागि संघीय र प्रदेश सरकारको भर पर्न नपर्ने समाजसेवी मच्छिन्द्र नरसिंह प्याकुरेलको भनाइ छ।

उनले भने, ‘स्थानीय सरकारको फ्रीज गरिने शशर्त अनुदानवाट प्रत्येक स्थानीय तहले ३ लाख ४० हजारको दरले जिल्ला अस्पताललाई रकम हस्तान्तरण गर्न सके जिल्लामा नै पिसिआर मेसिन जडान गर्न सकिन्छ,’ उनले थपे, ‘अप्पतालको स्तरोन्नति पनि हुने, काठमाडौंकै भर पर्न पर्थेन्। क्वारेन्टाइनको चाप पनि कम हुन्थ्यो।’
हाल काठमाडौंबाट पिसिआर परीक्षण गरी नतिजा प्राप्त गर्न १० दिन लाग्ने गरेको छ ।

नुवाकोटका जनप्रतिनिधि तयार भए भने आफूहरुले सहयोग गर्ने अर्का पत्रकार जगदीश खनालले जानकारी गराएका छन्। उनले पनि सामाजिक सञ्जालमार्फत भनेका छन, ‘च्यातिएर जाने मास्क हामी यतै सिलाउछौं। नुवाकोटका जनप्रतिनिधिहरु तपाईहरु तयार हुनुहुन्छ भने भने २००० रुपैयाँ मेरो तर्फबाट पनि सहयोग हुन्छ । यदि तपाईंहरुलाई जनताको माया छ भने ।’

कोरोनाको संक्रमण देशै भरी बढिरहेकाले पिसिआर मेसिनको आवश्यक देश भरी नै भएको अर्का बुद्धिजिवी दामोदर नेपालको भनाई छ। उनी भन्छन्, ‘उनको भनाइ’ पिसिआर नुवाकोटमा मात्रै नभएर देशैभरी आवस्यक छ। त्यसकारण चौतर्फी दबाब दिनुपर्दछ।’ जिल्ला अस्पताल नुवाकोटका मेडिकल सुपरीटेन्डेण्ट डाक्टर रेम कुमार राई पिसिआर परीक्षण गर्ने मेसिन भए जनशक्ति र ल्याबको लागि आवश्यक भौतिक संरचना भएको स्वीकार गर्छन्।

उनले भने, ‘कोभिड १९ को पिसिआर विधिबाट परिक्षण गर्न आवस्यक प्राबिधिक जनशक्ति र ल्याबको लागि आवस्यक भौतिक संरचना छ। उक्त पिसिआर परिक्षणको लागि आवस्यक सामाग्री भएमा परिक्षण सुचारु गर्न सम्भव छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *