बालिकालाई बलात्कार गरी फरार युवक पक्राउ

डिसी नेपाल
२८ जेठ २०७७ १८:४६

चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिकाकी बालिकालाई बलात्कार गरी फरार रहेका एक युवक आज पक्राउ परेका छन् । गत वैशाख ३ गते बालिकालाई बलात्कार गरेको आरोप लागेपछि फरार भएका शिवराज– ८ का २१ वर्षीय सकिलअलि सेफलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दीपेश खरेलले बताए ।

सेफलाई गोप्य सूचनाका आधारमा विजयनगर गाउँपालिका वडा नं ३ पत्थरदेहियाबाट पक्राउ गरिएको जनाइएको छ । अभियुक्त सेफलाई सहयोग गरेको अभियोग लागेकी एक महिलालाई जिल्ला अदालतले केही दिनअघि रु ५० हजार धरौटीमा रिहा गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *