लकडाउनको उल्लंघन गरी प्रदर्शन नगर्न जिप्रका काठमाडौंको अनुरोध

डिसी नेपाल
२९ जेठ २०७७ २०:४५

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले लकडाउनको उल्लंघन गरी प्रदर्शन नगर्न अनुरोध गरेको छ । प्रशासले विहीबार विज्ञप्ति जारी गर्दै प्रदर्शन गरे प्रचलित कानुन बमोजिम कारवाही गर्ने चेतावनी दिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘बन्दाबन्दीको समयमा समेत विभिन्न बहानामा अनधिकृत रुपमा ठूलो संख्यामा मानिसहरु भेला हुने, भीड गरी होहल्ला गर्ने जस्ता कार्यहरु हुने गरेको सम्बन्धमा जिल्ला प्रशासन कार्यालयको ध्यानाकार्षण भएको छ। यसहरु मानिसहरु जम्मा हुने,भीड गरी होहल्ला गर्ने कार्य गैरकानुनी हुने भएकाले त्यस्ता गतिविधि नगर्न नगराउनु हुन् सबैमा अनुरोध गरिएको छ।’

यस्तै जारी विज्ञप्तिमा सो गतिविधहरु गरेको पाइएमा संक्रामक रोग ऐन तथा अन्य कानुन बमोजिम कारवाही गर्ने चेतावनी पनि प्रशासनले दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *