सशस्त्र प्रहरीको गोलीले १ भारतीयको मृत्यु, अन्य ३ भारतीय घाइते

डिसी नेपाल
३० जेठ २०७७ १४:२७

काठमाडौं। सर्लाही नेपाल भारत सीमामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जना भारतीय नागरिकको मृत्यु भएको छ । अन्य ३ जना घाइते भएका छन् । जबरजस्ती सीमा पार गरेर नेपाल प्रवेश गर्न खोजेकाहरुलाई सशस्त्र प्रहरीले रोक्ने क्रममा झडप भएको थियो । पहिले सशस्त्रले हवाइ फायर गरेर उनीहरुलाई तर्साउन खोजेको थियो तर उनीहरुले नटेरेपछि गोली चलाउनु परेको थियो ।

भारतीय समूहले शुक्रबार बिहान सीमामा ड्युटीमा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण गरेका थिए । एक सशस्त्र प्रहरीको हतियारसमेत खासेर भाग्न खोजेपछि प्रतिकारमा सशस्त्रले गोली चलाएको थियो । घाइते भएका तीन जनालाई सशस्त्रले ज्यान नजानेगरी घुँडामुनि गोली हानेको छ । एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

जानकारी अनुसार सुरुमा केही व्यापारी नेपाल छिर्न खोजेका थिए तर सशस्त्रले छिर्न दिएन । पछि ती व्यापारीले नजिकैको भारतीय गाउँमा गएर अरुलाई पनि बोलाएर ल्याएपछि झडपको स्थिति आएको थियो । समाचार एजेन्सी एएनआइका अनुसार मृत्यु हुने २५ वर्षका डिकेश कुमार हुन् । भाइतेहरु उमेश राम र उदय ठाकुर भएको एजेन्सीले जनाएको छ । अर्का घाइतेको पहिचान खुलेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *