देवीदेवताको मूर्तिसहितको घण्टाघर निर्माण
तनहुँ । व्यास नगरपालिका–२ सुनचाँदी लाइनमा देवीदेवताको मूर्तिसहितको घण्टाघर निर्माण गरिएको छ । नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले आज अनावरण गर्दै नगर क्षेत्रलाई पर्यटकीयस्थलका रुपमा विकास गर्नका लागि बजेट विनियोजन गरिँदै आएको र सबै टोलमा मठमन्दिर निर्माण गरी पर्यटकको गन्तव्यस्थलका रुपमा विकास गर्न लागिएको बताए।
कूल रु १८ लाख २६ हजार १२ को लागतमा घण्टाघर निर्माण गरिएको निर्माण समितिका सचिव विनोद विकले जानकारी दिए । नगरपालिकाको रु सात लाख र टोलवासीको आर्थिक सहयोगमा घण्टाघर बनाइएको हो ।
यसैबीच लक्ष्मी टोल विकास क्षेत्रबाट गणेशमान चोक निस्कने करीब ३० मीटर सडक ढलान गरिएको छ । उक्त सडकका लागि नगरपालिकाले रु दुई लाख विनियोजन गरे पनि रु तीन लाखको लागतमा सम्पन्न भएको निर्माण समितिले जनाएको छ । प्रत्येक टोलमा सरसफाइ गर्दै पर्यटक आकर्षण गर्ने उद्देश्यले यस्ता भौतिक संरचना निर्माणका लागि नगरपालिकाले सहयोग गर्दै आएको वडाध्यक्ष काशीराम श्रेष्ठले बताए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment