सरिता गिरीलाई कारवाही गर्ने विषयमा जसपामा विवाद

डिसी नेपाल
१ असार २०७७ १०:४३

काठमाडौं । संविधान संशोधन विधेयकको विपक्षमा रहेर फरक मत राखेकी सांसद सरिता गिरीलाई कारवाही गर्ने विषयमा जनता समाजवादी पार्टीमा विवाद भएको छ । पार्टीको एक खेमाले उनलाई जसरी पनि कारवाही गर्नै पर्ने धारणा राखेको छ भने अर्को खेमाले उनलाई कारवाही नगर्ने पक्ष लिएको छ ।

पार्टी स्रोतका अनुसार बाबुराम भट्टराई, हिसिला यमी, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरु जसरी पनि गिरीलाई कारवाही गर्ने पक्षमा छन् । तर, मधेसी पृष्ठभूमिका नेताहरु भने गिरीको कामको पक्षमा मधेसी जनता रहेको र अरुले उठाउन नसकेको विषय उठाएको भन्दै कारवाही नगर्ने पक्षमा देखिएका छन् ।

उनलाई कारवाही गर्नको लागि पार्टीको बैठक बस्नुपर्ने हुन्छ तर बैठक बस्न सकेको छैन । पार्टीको बैठक नै नराखी टार्दै गएर गिरीलाई जोगाउने पक्षमा पार्टीको एक तहका नेताहरु छन् । अर्को पक्ष भने सेसम्म छिटो बैठक बसेर गिरीलाई कारवाही गराउने पक्षमा छ ।

संविधान संशोधनको पक्षमा मतदान गर्न पार्टीले जारी गरेको ह्वीप नमाने पछि गिरीलाई कारवाही गर्ने विषयमा बहस सुरु भएको हो । लिम्पियाधुरा सहितको भूगोल समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी भएपछि गरिएको संविधान संशोधनमा गिरीले फरक मत राखेकी थिइन्। उनले संशोधन विधेयक खारेजीको संशोधन प्रस्ताव दर्ता गराएकी थिइन्। सभामुखले गिरीको प्रस्ताव खारेज गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *