कृषिमा रमाउँदै वडाध्यक्ष

डिसी नेपाल
१ असार २०७७ १७:३६

अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष कृष्णबहादुर आचार्य कृषि पेशाबाट मनग्य आम्दानी गर्छन् । वडा नं ६ नरपानीको जगातमा घर भएका उहाँ पाखो बारीमै तरकारी खेती गरेर लाखौँ रुपियाँ आम्दानी गर्न सफल भएका छन्।

राजनीति गर्ने मानिसले अरुलाई देखाउन र आकर्षित गर्न पनि केही गर्न आवश्यक रहेको उनको धारणा छ । ”“राजनीति गर्न आफू सक्षम हुनुपर्छ आफैँ व्यवसाय गरे मात्र अरुलाइ सिकाउन सकिन्छ ”उनि भन्छन्, “आफूहरुले काम नगर्ने, अरुलाई यस्तो गर उस्तो गर भनेर हँुदैन, यसरी गरेमा हुन्छ भनेर देखाउनुपर्छ भन्ने अभियानमा लागेको छु ।”

उनि मौसमी तथा बेमौसमी तरकारी खेती गरेर खर्च कटाई वार्षिक रुपमा रु ६ लाख आम्दानी गर्छन् । बिहानबेलुका घरमा तरकारी खेती र गाईभैँसीको स्याहार गर्ने र दिउँसो कार्यालय तथा अन्य जिम्मेवारीमा खटिने उनि भन्छन्, “आफ्नो काम गरेर खान केको लाज, कृषकको छोरा हुँ, कृषि नै मेरो मुख्य पेशा हो । दूध र तरकारी बेचेरै मेरो घर खर्च चलेको छ । त्यसैले यो कामलाइ निरन्तरता दिएको छु”, उनले भने ।

छ वर्षदेखि उनले घरको दूध नरपानीमा लगेर बिक्री गर्दै आएका छन् । उनका घरमा अहिले उन्नत जातका दुई मुर्रा भँैसी र एक जर्सी गाई दुहुना छन् । दैनिक १२ लिटर दूध बिहान नरपानीमा लगेर बेच्ने गरेको उनले बताए । बेलुकाको दूध भने घरबाटै बिक्री हुन्छ । “आफैँ नगरेसम्म अरुलाई मुखले भनेर मात्र नहुने र परिवर्तन आफँैबाट गर्नुपर्छ”, उनको मान्यता छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *