बन्द भयो इलामेली किचन
मङ्गलबारे । कोरोना भाइरसको संक्रमण बढ्ने भएपछि सरकारले गरेको बन्दाबन्दीपछि निरन्तर ७७ दिन निःशुल्क खाना खुवाएको इलामेली किचन बन्द भएको छ । लकडाउन खुकुलो भएसँगै केही सहजता भएकाले सो भान्छा बन्द भएको हो ।
इलाम बजारमा किनमेल गर्न आएका र अस्पतालमा बिरामी लिएर आएकाहरुलाई निःशुल्क खाना खुवाउन अभियान नै सञ्चालन गरिएको थियो । होटल एशोसिएशन इलामका अध्यक्ष देवी पौडेल र समाजसेवी सुमन श्रेष्ठको पहलमा सो अभियान सञ्चालन गरिएको थियो । अभियान सञ्चालन भएपछि देशविदेशबाट समेत खाना खुवाउन सहयोग प्राप्त हुँदै आएको थियो ।
इलामेली किचन नाम दिएर सञ्चालन भएको सो भान्छामा दैनिक करीब एक सय जनाले खाना खाने गरेका थिए । गत चैत १५ गतेदेखि शुरु भएको अभियानमा बजार आएका तथा सडकपेटीमा बस्ने, मागेरै जीविकापार्जन गर्नेदेखि तरकारी बेच्न आएकाहरुले समेत खाना खाएको बताउँदै पौडेलले यस कार्यले धेरैलाई राहत मिलेको जिकिर गरे।
No ads found for this position


डिसी नेपाल
Facebook Comment