विप्लव निकट विद्यार्थी संगठनका गोविन्द विष्टसहित ४ जना पक्राउ
काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बन्ध विद्यार्थी संघठन काठमाडौं जिल्ला कमिटि अध्यक्ष गोविन्द विष्टसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पश्चिम रुकुमको घटना, अमेरिकी नागरिकको मृत्यु, एमसीसी सम्झौता लगाएतका विविध विषयहरुमा गरिएको विरोध कार्यक्रमबाट उनीहरुलाई पक्राउ गरिएको विप्लव निकट विभिन्न संगठनहरुले जनाएको छन्।
विभिन्न संगठनहरुले विज्ञप्ति जारी गर्दै उनिहरुकै भाषामा गिरफ्तार गरिएका नेता तथा कार्यकर्तालाई रिहाइ नगरिए अन्य संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने जनाएका छन्।
कोरोनाको महामारीमा समेत सरकारले जनघात र भ्रष्टाचार गरेको उनीहरुले विज्ञप्ति मार्फत आरोप लगाएका छन्। उनिहरुले विज्ञप्ति मार्फत भनेका छन्, ‘एमसीसी अमेरिकी चक्रब्यूमा देशलाई धकेलेर अर्को भयानक राष्ट्रघात गर्न सरकार उद्दत भइरहेको छ।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment