अर्घाखाँचीमा गर्भवतीसहित १५ मा कोरोना सङ्क्रमण
अर्घाखाँची । जिल्लामा एक गर्भवतीसहित १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा शीतगंगा नगरपालिकामा सात, भूमिकास्थान नगरपालिका र पाणिनि गाउँपालिकामा एकएक, छत्रदेव गाउँपालिकाका दुई, मालारानी गाउँपालिकाका तीन र ठेगाना नखुलेका एक गरी १५ जनामा आज कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलयका जन स्वास्थ्य निरीक्षक गणेश पौडेलले बताए ।
क्वारेन्टिनबाट भागेका पक्राउ
भूमिकास्थानको क्वारेन्टिनबाट भागेका ३५ जना पक्राउ परेका छन् । भूमिकास्थान –१ र २ ढाकावाङको क्वारेन्टिनबाट भागेकाहरुलाई प्रहरीले आज पक्राउ गरेको हो ।
गत जेठ २२ गते पिसिआर परीक्षणका लागि पठाइएको रिपोर्ट १४ दिन पुग्दासम्म नआएको भन्दै उनीहरु एकाएक क्वारेन्टिनबाट भागेका थिए । भागेर घर तर्फ जान हिँडेका उनीहरुलाई प्रहरीले पक्राउ गरी पुनः क्वारेन्टिनमा पठाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले बताए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment