रुखमा झुण्डिरहेको लाशमुनि परिवारको रुवाबासी, कोरोना रिपोर्ट नआइ लाश नझारिने

डिसी नेपाल
३ असार २०७७ ११:२२

अर्घाखाँची। अर्घाखाँचीमा क्वारेन्टाइनमा रहेका एक पुरुषले आत्महत्या गरेका छन् । तर, उनको पीसीआर रिपोर्ट नआएका कारण उनको लाश रुखमै झुण्डिरहेको छ । क्वारेन्टाइन उनको गाउँमै भएकोले उनका परिवार घटनास्थल आइपुगेका छन् । लाशभुनि भुइँमा परिवारको रुवाबासी छ तर रिपोर्ट नआएका कारण लाश रुखमै झुण्डिरहेको अवस्थामा छ ।

अर्घाखाँचीको शितगंगा नगरपालिकाको वडा नं. ५ स्थित हरी माविको क्वारेन्टिनमा रहेका सोही वडाका ४३ वर्षीय पुरुषले बुधवार बिहानपख झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । विहान ३ बजेतिर उनले आत्महत्या गरेका हुन् । आत्महत्याअघि उनले आफूसँगै रहेका दुईजनालाई समेत उठाएर शौचालय गएका थिए । शौचालयबाट फर्केपछि अन्य दुई जना सुते उनी फेरि फर्केर बाहिर गइ आत्महत्या गरे ।

गत जेठ १० गते भारतबाट आएर क्वारेन्टिन बस्दै आएका उनको आरडिटी परिक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएको भएपनि पिसिआर रिपोर्ट भने आएको छैन । जेठ २६ गते पिसिआर परीक्षणको लागि स्वाब संकलन गरी भैरहवा लगिएको थियो तर रिपोर्ट अझै आएको छैन । रिपोर्ट नआएका कारण शव रुखमै छ र रिपोर्ट नआउँदासम्म त्यहीँ राखिनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *