सुरक्षा प्रमुखद्वय थापा र खनालद्वारा छाङरुका बीओपी निरिक्षण
काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल छाङरु पुगेर धनगढी फर्किएका छन्। बुधबार कालापानी नजिकै रहेको छाङरुमा राखिएको बोर्डर आउट पोष्ट (बीओपी) नीरीक्षण गरेर उनीहरु सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी फर्केका हुन्।
स्रोतका अनुसार दुवैजना नेपाली सेनाको हेलिकप्टरबाट त्यहाँ गएका थिए। दुई सुरक्षा निकायका प्रमुखले छाङरुमा रहेको सशस्त्र प्रहरी फौजबाट प्रष्टिकरण लिएका छन्। साथै, आवश्यक निर्देशन पनि दिएको स्रोतले जनाएको छ।
नेपाली सेनाले छाङरुदेखि तिंकर भन्ज्याङसम्म सडकको पनि दुवै सुरक्षा अंगको प्रमुखले निरीक्षण गरेका छन् ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment