हास्यव्यङ्ग्यमा आचारसंहिता बनाउन माग

डिसी नेपाल
३ असार २०७७ २०:१०

काठमाडौं । पछिल्लो समयमा सामाजिक सम्प्रदाय भड्काउने बहानामा विभिन्न हास्यव्यङ्ग्यका कार्यक्रम आइरहेको भन्दै टेलिभिजन तथा रेडियोमा हुने हास्यव्यङ्ग्य कार्यक्रमसम्बन्धी आचारसंहिता बनाएर कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ । वल्र्ड कम्युनिकेटर काउन्सिल (डब्लुसिसी), नेपाल च्याप्टरले बुधबार आयोजना गरेको अन्तक्रियामा सरोकारवालाले हास्यव्यङ्ग्य क्षेत्रलाई व्यवस्थित गर्न पत्रकारिताको आचारसहिंताको दायरामा ल्याउनुपर्ने वा त्यहीसम्बन्धी आचारसंहिता बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन्।

रेडियो तथा टेलिभिजनमा हुने विभिन्न हास्यव्यङ्ग्यात्मक कार्यक्रमबारे विभिन्न समुदायबाट बेलाबेलामा विरोध हुन थालेपछि सरोकारवालाले सो विषयमा आचारसंहिता बनाउनुपर्ने धारणा राखेका हुन् । प्रदेश नं २ का प्रमुख न्यायाधिवक्ता दीपेन्द्र झाले हास्यव्यङ्ग्य भन्दै पुस्तादेखि पुस्तासम्म विभिन्न भाषा र समुदायलाई प्रभाव पार्ने काम गरिरहेको टिप्पणी गरे।

प्रेस काउन्सिल नेपालकी सदस्य सङ्गीता खड्काले व्यङ्ग्यात्मक कार्यक्रमले गर्दा सीमित व्यक्तिलाई रमाइलो गर्ला तर बढी मात्रामा सम्बन्धित समाजलाई ठोस पु¥याउने गरेको बताए । नेपाल भाषाका पत्रकार एवं भाषा अभियान्ता सुरेश किरण मानन्धरले हास्यव्यङ्ग्य कार्यक्रममा मधेशी र काठमाडौँको नेवारी समुदायलाई होच्याएर देखाउने गरेको टिप्पणी गरे ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *