कैलालीकाे लम्किचुहामा मृत्यु हुने महिलामा काेराेना पाेजेटिभ

डिसी नेपाल
३ असार २०७७ २१:२४

काठमाडौं । थप १ जनाको कोरोनाका कारण मृत्यु भएको छ। कैलालीको लम्किचुहा नगरपालिका २ की महिलाको कोरोनाका कारण मृत्यु भएको छ।

नगरपालिकाले सूचना जारी गर्दै उनको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा बस्नु पर्ने भएकाले अस्पतालको सेवा सुविधा समेत अर्को सूचना जारी नहुँदासम्मका लागि बन्द गरिएको जनाएको छ।

विज्ञप्तिमा गत चैत्र ३० गते अचानक वेहोस भएकी महिलाको लम्किचुहा अस्पतालमा उपचार गराइएको थियो। जेठ ३० गतेदेखि असार ३ गतेसम्म अस्पतालबाट सेवा लिएका सबैलाई होम क्वारेन्टाइनमा बस्न समेत आग्रह गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *