गृह मन्त्रालयको एसएमएस प्रणाली ह्याकरको कब्जामा, चीन-भारतबारे भ्रमपूर्ण एसएमएस पठाइयो

डिसी नेपाल
३ असार २०७७ २२:०२

काठमाडौं । गृह मन्त्रालयको सर्ट म्यासेज सर्भिस (एसएमएस) प्रणाली बुधबार दिउसोदेखि ह्याक भएको छ । बुधबार दिउँसो करिब २ बजे मन्त्रालयको एसएमएस प्रणालीमा अनधिकृत रुपमा ह्याकरले पहुन्च पुर्‍याएका छन्।

‘असार ३ गते दिउँसो करिब २ बजे मन्त्रालयको एसएमएस प्रणालीमा अनधिकृत रुपमा पहँच पुर्‍याई (ह्याक गरी) गलत सूचना एसएमएस मार्फत प्रसारित गरेको पाइएकाले यस मन्त्रालयको गम्भिर ध्यानाकर्षन भएको छ’, गृहमन्त्रालय एक विज्ञप्ति जारी गरी मन्त्रालयको एसएमएस सर्भिस ह्याक भएको जानकारी गराएको हो ।

गलत तथा भ्रामक एसएमएस यस मन्त्रालयबाट सम्प्रेषण नगरिएको समेत उक्त प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै यस घटनाको अनुसन्धानको कार्य सुरु गरी सकिएको समेत मन्त्रालयले जनाएको छ ।

बुधबार दिउँसो ह्याकरहरुको समूहले अनधिकृत तवरले ह्याक गरी गलत म्यासेज सर्भिसबाट गलत सुचना पठाएको थियो । उक्त विषयमा गृहले बुधबार गम्भीर ध्यानाकषर्ण भएको जनाएको छ । गृहले यो विषय पूर्ण गलत रहेको स्पष्ट पारेको छ । बुधबार केही व्यक्तिको मोबाइलमा उक्त एसएमएस सर्भिसबाट म्यासेज पठाइएको थियो । म्यासेजमा चीन र भारतको सीमा विवादको विषय उठाउँदै भारतको पक्षमा ठाडो अभिव्यक्ति लेखिएको थियो ।

छिमेकी मुलुकबीच भएको गम्भीर सीमा विषयलाई नकारात्मक तवरले म्यासेजमा पठाएकाले उक्त घटनामा अनुसन्धान भइरहेको गृहका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए । उनका अनुसार साइट कहाँ र कसरी ह्याक भयो भन्ने बारेमा प्रहरीले अनुसन्धान थालेको छ ।

‘यो कुनै गिरोहले गरेको हुनुपर्छ, यसमा हाम्रो गम्भीर ध्यानाकषर्ण भएको छ,’ उनले भने । उक्त घटना साइबर अपराधसँग सम्बन्धित भएकाले साइबर व्युरोलाई अनुसन्धान गर्न गृहले निर्देशन दिएको छ । यसरी सरकारी कार्यालयको साइट तथा म्यासेज सर्भिस सेन्टरलाई ह्याक गरी गलत सुचना आदानप्रदान हुनु गम्भीर विषय रहेको भन्दै गृहले उक्त कार्यमा संलग्नमाथि कडा कारबाही गरिने जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *