बागमती प्रदेशमा क्रियाशील ७०५ पत्रकारको कोरोना बीमा

डिसी नेपाल
४ असार २०७७ २०:१९

काठमाडौं । बागमती प्रदेशमा कार्यरत ७ सय ५ पत्रकारको कोरोना बीमा गरिएको छ ।

बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोग तथा सञ्चार रजिष्ट्रार कार्यालय र नेपाल पत्रकार महासङ्घको समन्वयमा कोभिड–१९ महामारीका बेला अग्रपङ्क्तिमा रहेर काम गर्ने बागमती प्रदेशका पत्रकारको कोरोना बीमा गरिएको हो ।

कोरोना भाइरसको पीसीआर परीक्षणमा सङ्क्रमण देखिएमा बीमा गरिएका पत्रकारले युनाइटेड इन्सुरेन्स कम्पनीबाट एक लाख प्राप्त गर्नेछन् । युनाइटेड इन्सुरेन्स कम्पनीका प्रतिनिधि दिनेश रेग्मीले बिहीबार बीमित पत्रकारको विवरण सञ्चार रजिष्ट्रार रेवती सापकोटालाई हस्तान्तरण गरे।

“बागमती प्रदेशमा क्रियाशील पत्रकारको स्वास्थ्य सुरक्षाप्रति संवेदनशील भई प्रदेश सरकारले पत्रकारको मनोबल उच्च राख्न कोरोना बीमा गराएको हो । पत्रकारलाई उच्च मनोबलका साथ काम गर्न बीमाले सहयोग पुग्ने विश्वास लिएका छौँ”, सापकोटाले भने ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक हजार पत्रकारको बीमा गराउने निर्णय गरेको छ । बीमाका लागि आवश्यक विवरण प्राप्त भएकामध्ये पहिलो चरणमा उनीहरुको बीमा गरिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *