गण्डकीमा थप २४ जनामा काेराेना, कुल संक्रमित ३४८ पुगे

डिसी नेपाल
५ असार २०७७ ७:५१

कास्की। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार बिहान कास्कीमा ६ सहित गण्डकीमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३४८ पुगेको छ।

नवलपुरमा २ जना, बागलुङमा १४ जना, कास्कीको पोखरा महानगर र रुपा गाँउपालिकामा गरी ६ जना, स्याङ्जामा २ जना संक्रमित थपिएका छन्।
संक्रमण देखिनेमा नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाका २, बागलुङको गलकोट नगरपालिकाका ८, काठखोला गाउँपालिकाका ६, कास्कीको पोखरा महानगरपालिकाका ५ र रुपा गाउँपालिकाका १ तथा स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका १ जना छन्। स्याङ्जाका अर्का संक्रमितको भने ठेगाना नखुलेको निर्देशनालयले जनाएको छ।

शुक्रबार थपिने संक्रमितमा २० पुरुष र ४ महिला रहेका छन्। थपिएका सबैजना भारतबाट फर्किएको र सबैजना सम्बन्धित पालिकाको क्वारेन्टाइनमा छन्। शुक्रबार बिहानसम्म प्रदेशभर २२ जना निको भएर घर फर्केका छन् भने १ जनाको मृत्यु भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *