प्रशिक्षकको मोटरसाइकल धुँदा औँला काटिएका प्रहरी काठमाडौँ रिफर

डिसी नेपाल
६ असार २०७७ १९:४९

डोटी । सुदूरपश्चिम प्रदेश प्रहरी तालीम केन्द्र दिपायलमा रहेका प्रशिक्षकले व्यक्तिगत मोटरसाइकल धुन लगाउँदा दाहिने हातको औँला काटिएका बैतडी जिल्ला घर भएका २२ वर्षीय तालिमे प्रहरी जीतेन्द्र चन्दलाई काठमाडौँ सिफारिश गरिएको छ ।

आज बिहान प्रशिक्षकले मोटरसाइकल धुन लगाएका कारण उनको दाहिने हातको औँला छिनेपछि दिपायलमा रहेको शैलेश्वरी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उक्त अस्पतालमा उनको काटिएको औँला जोड्न नसकिएपछि प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीको आदेशमा उनलाई थप उपचारका लागि काठमाडौँ लगिएको हो ।

चन्दको काटिएको औँला बरफमा राखेर २४ घण्टाभित्र सुविधासम्पन्न अस्पतालमा पु¥याउन सकिए जोडिन सक्ने चिकित्सकको सल्लाहबमोजिम उनलाई काठमाडौँ लगिएको सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलले जनाएको छ । उनलाई सुदूरपश्चिम क्षेत्रीय प्रहरी अस्पताल दिपायलको एम्बुलेन्समा काठमाडौँ लगिएको छ ।

चन्दलाई तालीम केन्द्रमा कार्यरत प्रशिक्षकले आफ्नो निजी मोटरसाइकल धुन लगाउँदा मोटरसाइकिलको जञ्जीरमा दाहिने हातको औँला परेपछि छिनेको थियो । दाहिने हातको औँला प्रहरीको सलामी दिने तथा फायरिङ गर्नेदेखि अन्य काममा बढी प्रयोग हुन्छ । उनलाई भविष्यमा बढुवादेखि अन्य तालीम, मिसनमा जानेलगायत कुरामा समस्या उत्पन्न हुने भएकाले आँैला जोड्नका लागि काठमाडौँ लगिएको प्रदेश प्रहरी तालीम केन्द्र दिपायलले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *