प्रहरीको स्टिंग अप्रेशनमा १२ हजार घुससहित इन्स्पेक्टर पक्राउ

डिसी नेपाल
६ असार २०७७ २०:५२

काठमाडौं । प्रहरीले गरेको स्टिंग अप्रेशन ईलाका प्रहरी कार्यालय भीमफेदी मकवानपुरका इन्चार्ज इन्स्पेक्टर घुससहित पक्राउ परेका छन् । बाग्मती प्रदेश प्रहरी कार्यालयले गरेको अप्रेशनमा इन्सपेक्टर रामबालक यादवलाई घुससहित नियन्त्रणमा लिइएको हो ।

वाग्मती प्रदेश प्रहरी कार्यालयका डीआईजी वसन्त लाामाका अनुसार निर्माण व्यवसायीसँग घुस लिँदालिँदै पक्राउ गरेको हो । ‘निर्माण व्यवसायी दुर्गा लामासँग १२ हजार घूस लिँदै गर्दा उनलाई वाग्मती प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ उनलाई आवश्यक कारवाही हुनेछ’ , डीआईजी लामाले भने ।

डीआईजी लामाका अनुसार उनी गत साउनदेखि भीमफेदीको इन्चार्जका रुपमा कार्यरत थिए । रायलाई अहिले प्रदेश प्रहरी कार्यालयमा राखिएको छ । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जिम्मा लागाइने डीआईजी लामाले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *