कोभिड-१९ विरुद्वको अभियानमा सुदुरपश्चिम नेपाली समाज मेरिल्याण्ड अमेरिका

डिसी नेपाल
६ असार २०७७ २३:०३

मेरिल्याण्ड। अमेरिकाको मेरिल्याण्डमा रहेका सुदुरपश्चिमेलीहरुले कोभिड १९ ले आक्रान्त पारेको आफ्नो जन्मभूमिको सुरक्षाका लागि परदेशमा बसेर भए पनि सहयोग गरेका छन्। सुदुरपश्चिम समाज मेरिल्याण्डले धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकामा रहेका क्वारेन्टाइनमा राखिएका महिलाहरुका लागि सुरक्षा सामाग्री प्रदान गर्न अभियान थालेको छ।

समाजले २१ वटा क्वारेन्टाइनमा रहेका ३०० भन्दा बढि महिलाहरुका लागि सुरक्षा सामग्री वितरण (हाइजिन किट) वितरण गर्न ह्युमानिटी फाउन्डेसन धनगढीसँग सहकार्य गरेको छ। यसका लागि नेपाली रुपैया १ लाख ४७ रुपैयाँ हस्तान्तरण भैसकेको समाजले जनाएको छ।

सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा कोरोना परीक्षणका लागि पीसीआर मसिन खरिदमा १,००० डलर सहयोग गरको छ। यो मेडडेल्धुरामा जडान हुन लागेको समाजका अध्यक्ष दमन बिक्रम शाहले जानकारी दिए। यो अभियानमा सहयोग गर्नेहरुलाई समाजले धन्यावाद दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *