नेपाली एफएम रेडियोमा गीत बज्दा भारतमा आतंक !

डिसी नेपाल
७ असार २०७७ १२:४१

काठमाडौं। नेपाली एफएम रेडियो स्टेशनले बजाएका गीतका कारण भारतका केही क्षेत्रमा आतंक फैलिएको छ । टाइम्स अफ इण्डियाले नेपाली रेडियो स्टेशनमा बज्ने गीतले भारतको उत्तराखण्डको पिथौरागढ जिल्ला र आसपासका क्षेत्रमा आतंक फैलिएको लेखेको छ ।

समाचारमा उल्लेख भएअनुसार नेपाली एफ एम रेडियोहरुले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भएको र यी क्षेत्र हासिल गर्न नेपालीहरु जाग्नुपर्ने भावका गीतहरु बजाइरहेका छन् जसका कारण यस क्षेत्रका भारतीय अधिकारीहरु दबाबमा परेका छन् ।

उत्तराखण्ड राज्यका पूर्व मुख्य सचिव पिथौरागढको धार्चुलाका हुन् । उनले टाइम्स अफ इण्डियासँग कुरा गर्दै यस क्षेत्रमा नेपाली रेडियो स्टेशनलाई काउन्टर दिन भारतको प्रदेश सरकार र केन्द्र सरकारले पनि आफ्नै सामुदायिक रेडियो स्टेशन खोल्न सुझाव दिएका छन् ।

उत्तराखण्ड राज्य सरकारका प्रवक्ता मदन कौशिकले सरकारले यस क्षेत्रमा सामुदायिक रेडियो स्टेशन खोल्नेतर्फ पहल गरिरहेको बताउँदै पिथौरागढलाई पनि प्राथमिकतामा राख्न पहल गर्ने बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *