भारत–चीन सीमा क्षेत्रमा भारतीय सैनिकले हतियार प्रयोग गर्न पाउने

डिसी नेपाल
७ असार २०७७ १३:५५

काठमाडौं। भारतीय सेनाले चीनसँगको आफ्नो सीमामा तैनाथ सुरक्षाकर्मीलाई हतियार प्रयोग गर्न छुट दिएको छ । अब त्यहाँ तैनाथ भएका सैनिकले कमाण्डरको आदेशमा हतियार प्रयोग गर्न पाउनेछन् । चीनसँगको हिंस्रक झडपमा २० जना सैनिकले ज्यान गुमाएपछि भारतीय सेनाले ‘रुल्स अफ इंगेजमेन्ट’ (आरओइ) परिवर्तन गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ

आरओइमा परिवर्तन भएसँगै अब वास्तविक नियन्त्रण रेखा (एलएसी) मा तैनाथ सुरक्षा कमाण्डरहरुले अवस्था हेरेर हतियारको प्रयोग गर्न सक्नेछन् । अब कमाण्डर हतियारको प्रयोगमा लगाइएको रोकको बन्धनमा हुने छैनन्, उनीहरुले अवस्था हेरेर निर्णय लिने छुट दिइएको छ । सैन्य श्रोतलाई उद्दृत गर्दै हिन्दुस्तान टाइम्सले लेखेको छ, ‘भारतीय सेना रुल्स अफ इंगेजमेन्ट (आरओई)मा बदलाव गरिरहेको छ ।’

गलवानमा २० जना भारतीय सैनिकको मृत्यु भएपछि विपक्षीले भारतीय सैनिक निहत्था रहेकोबारे गम्भीर प्रश्न उठाएका थिए । यसको जवाफ दिँदै भारत सरकारले भनेको थियो कि सैनिकसँग हतियार थियो तर सेनाले चीनसँग भएको सम्झौताका कारण हतियारको प्रयोग गरेन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *