नेपाली अमेरिकन सामुदायिक केन्द्रद्वारा जुनियर अभियान

डिसी नेपाल
७ असार २०७७ २१:१०

वासिङ्टन डिसी । अमेरिकाको वासिङ्टन डिसी एरियामा सक्रिय संस्था नेपाली अमेरिकन सामुदायिक केन्द्र (न्याक)ले बच्चाहरुलाई सामुदायिक कार्यमा भावनात्मक सम्बन्ध बढाउन विभिन्न कार्यक्रम गरेको छ। न्याकले जुन १४ मा ‘भर्चुअल मिटिङ गरेर बालबालिकामा नेपाल र नेपाली संस्कारबारे सिकाउने काम गरेको थियो। बच्चाहरुमा कार्यक्रमले सक्रियता ल्याएको छ।

बच्चाहरुलाई नेपाली संस्कार, संस्कृति र मान्यतामा आफनो जीवनको स्वामित्व गास्ने न्याकको उद्येश्य रहेको छ। यसको लागि संस्थाले बेग्लै न्याक जुनियर कमिटिको स्थापना गरेको छ। अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा संस्थाका जुनियर मेम्बरहरुलाई अन्लाईनमार्फत भेला गराएर सबैलाई न्याक र अभियान प्रति आफ्ना धारणाहरु राख्न प्रेरित गराएको थियो ।

कार्यक्रमका अभियन्ता कविन्द्र सिटौलाले सबै बालबालिकाहरुलाई हामी सबै एउटै परिवार हौं भन्ने भावनाको विकास गराउनु पर्ने र उनीहरुमा हाम्रो संस्कार हस्तान्तरण र नेतृत्वको विकास गराउनु पर्ने बताएका थिए। अर्का अभियान्ता बिना खड्का लामाले न्याक भनेको हामी सबै एकै ठाउँमा बसेर हाम्रा संस्कृति मनाउने नेपालको स्मरण र परिचय गराउने भएकाले नेपाली भाषा र संस्कृतिलाई बढाउनमा ठूलो उपलब्धी भएको बताइन्। सबैको सहयोगबाट यो कार्य संम्भव भएको स्मरण गराउँदै उनले सबै हातेमालो गर्दै एक भएर अगाडी बढन बालबालीकालाई संन्देश दिएकी थिइन्। अमेरिकामा नर्सको काम गर्ने खड्काले कोरोना महामारीमा नर्सहरुले खेलेको साहासिपूर्ण भूमिका र योगदानलाई चर्चा समेत गरेकी थिइन्।

अभियान की अभियान्ता आरती पराजुली सिग्देलले बाल दिवसको महत्वको बारेमा बच्चाहरुलाई शिक्षा दिएकी थिइन् । यसले परिवारबीच राम्रो सम्बन्ध, बच्चाहरुबीच प्रेम बढाउने र उनीहरुको शारिरिक मानसिक विकास गराउने बताउदै आगामी वर्षसँगै भेटेर रमाइलोसँग बाल दिवस मनाउने बच्चाहरुलाई जानकारी समेत गराएकी थिइन्।

अभियान्ता गोमा सङ्ग्रोला प्रसाईले अविभावकहरुलाई आफ्ना नानीहरुलाई न्याकमा सक्रिय बनाउन अर्को पुस्ताको लागि तयारी गराउन हाम्रो नानीहरुलाई नेपालको सुन्दर संस्कारसँग सम्बन्धमा राख्नको लागि आव्हान गर्दै सबै डिसी मेट्रोमा रहनु हुने अविभावकहरुलाई यो अभियानमा आफ्ना नानीहरुलाई सहभागी गराउन अनुरोध गरिन।

सोही अवसरमा अन्तराष्ट्रिय बाल कविता प्रतियोगितामा दोस्रो स्थान हाशिल गर्न सफल संस्थाका बाल मेम्बर बिबेक खरेलाई परिचय र कबिता बाचन गर्ने अवसर प्रदान गराइएको थियो ।

कार्यक्रममा सहयात्री बाल सदस्यहरुले आफ्ना आफ्नो कुरा कला सिप र अनुभव राखेका थिए। बच्चाहरुले आफुहरु नेपाली समाज र न्याकमा सदस्य बन्न पाएकोमा खुसी व्यक्त गर्दै यहाको स्वयम सेवक भएर काम गर्ने इच्छा समेत जाहेर गरेका थिए। धेरै स्वयम सेवकहरुले कार्यक्रमलाई रोचक बनाउन सहयोग गरेको थियो।

कार्यक्रमकी सहयोगी मिली अर्यालले यदि आफु बच्चा हुँदा कसैले यस्तो प्रकारको अभियानमा आफुलाई सहभागि हुने मौका दिलाइ दिएको भए नेपाल र नेपालीको लागि धेरै माया हुने बताएकी थिइन्। उनले धेरै कुराहरु जीवनमा गर्न सकिने बताइन्। यस्ता किसिमका अभियानले हाम्रा भविष्यका नानीहरुलाई अर्को उचाँइमा लान सक्छ भन्दै कार्यक्रमको प्रशंसा गरेकी थिइन्।

सामाजिक अभियान्ता परसुराम भण्डारीले यस्ता कार्यक्रमले इतिहास लेख्न सक्ने बताउँदै यो अभियानलाई व्यापकरुपमा निरन्तरता दिनु पर्नेमा जोड दिए। बच्चहरुको क्षमता देखेर आफू चकित रहेको उनको भनाइ थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *