मेरी बास्सैका ‘सापटे’ र ‘घिरौँले’को रुकुम घटनामा आधारित गीत बजारमा
काठमाडौँ । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा भएको सामुहिक हत्याकाण्डबारे एक म्युजिक भिडियो बजारमा आएको छ।
६ जनाको ज्यान जानेगरी भएको दर्दनाक सामुहिक हत्याकाण्डलाई टपक्क टिपेर बनाइएको गीतमा समर बहादुर गायकले स्वर र संगीत भरेका छन् । याे गीत दिवाकर भण्डारी (सापटे काका) र लेखान्त भुसाल (घिरौँले) ले लेखेका हुन् ।
उक्त गीतको म्युजिक भिडियोमा दिवाकर भण्डारी, लेखान्त भुसाल, सविना भण्डारी, विष्णु खड्का, गोकुल विसी, शंकर ओझा लगायतको अभिनय रहेको छ। मेरी बास्सैका कलाकारद्वय भण्डारी र भुसालले यसअघि उक्त घटनामा आधारित सर्ट मूभि ‘इतिहास’ बजारमा ल्याएका थिए ।
म्युजिक भिडियो
प्रतिक्रिया
Facebook Comment